सहकारीका लागि अनुदान दिइएको मल नीजिबाट धमाधम बिक्री


चितवन, फागुन १२ । सहकारीका लागि अनुदान दिइएको रासायानिक मल धमाधम नीजिक्षेत्रबाट धमाधम बिक्री भइरहेको छ । सहकारीको लापवरवाहीका कारण अनुदानको मल व्यवसायीले नर्को मूल्य लिएर किसानलाई बेच्ने गरेका हुन् ।
अनुदानको मल इजाजत प्राप्त सहकारीले मात्र विक्री गर्न पाउने प्रावधान रहेपनि गैरढंगले व्यवसायीहरुले अनुदानको लाभ लिइरहेका छन् ।
जिल्ला प्रसासन कार्यालय अन्र्तगतको सयुक्त बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा रत्ननगरमा रहेको निजी पसलवाट अनुदानको मल विक्री भईरहेको पाईएको हो । अनुगमनका क्रममा रत्ननगर–१ बकुलहरमा रहेको ओपी कृषि सामाग्री पसलले अनुदानको मल विक्री गरेको पाईएको हो । सो पसलवाट अनुगमन टोलीले अनुदानको डिएपी ५० किलोको २ वोरा र विक्री गर्दै गरेको २९ किलो, पोटास ५० किलोको २ वोरा र विक्री गर्दै गरेको २३ किलो र युरिया ५० किलोको २ वोरा र विक्री गर्दै गरेको २६ किलो मल बरामद गरिएको बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
टोलीले कृषि र सहकारी संग सम्बन्धित ८ वटा पसलमा अनुगमन गरेको थियो ।अनुगमन गरिएका अन्य पसलहरु दर्ता गरिएको म्याद सकिएको पाईएकाले एक हप्ता भित्र नविकरण गर्न निर्देशन दिईएको बजार संरक्षण अधिकृत शर्माले बताउनुभयो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न