सहकारीका सञ्चालक फरार


मोरङ, फागुन १२। गजलक्ष्मी सहकारी संस्था लिमिटेडका सञ्चालकले निक्षेपकर्ताको तीन करोड रूपैयाँ लिएर फरार भएका छन् ।
सबै सञ्चालक फरार रहृेको सहकारी संस्थामा ताला बन्द रहेको छ । सहकारीका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष दीपेश शाक्य, सचिव नारायण श्रेष्ठलगायतका पदाधिकारीहरु फरार भएको पीडितले गुनासो गरेका छन् ।
पीडित डिल्ली घिमिरेका अनुसार उपाध्यक्ष दीपेश शाक्यले १६ लाख रूपैयाँ, सचिव नारायण श्रेष्ठले २४ लाख रूपैयाँ र अन्य सञ्चालक समितिका पदाधिकारीले संस्थाको सबै रकम लिएर फरार भएको हुन सक्ने जानकारी दिनुभयो ।
घिमिरेलगायत एक हजार २०० बचत कर्ताको तीन करोड रूपैयाँ बराबरको रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । पीडित घिमिरेलगायतका पीडितहरुको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिइसकेका छन् ।
उता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले फरार रहेका सञ्चालक समितिका पदाधिकारीहरुको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक