काठमाडौं जिल्ला संघको चुनावका लागि त्रीपक्षीय प्यानल घोषणा
प्यानल घोषणा गर्नु वाध्य भएको भनाई


pyapal 2काठमाडौं, फागुन १२ । जिल्ला सहकारी संघ काठमाडौको आउँदो फागुन १५ गते चुनाव हुदैँ छ । चुनावका लागि त्रिपक्षीय उम्मेदवारी घोषणा भएको छ ।
चुनावका लागि मंगलबार एमाले समर्थक सहकारीकर्मीको उम्मेदवारी घोषणा भएको छ भने यसअघि नेशनल कोअपरेटर्स एलाईन्स र एकीकृत नेकपा माओवदाी समर्थक सहकारीकर्मीहरुले आफ्नो उम्मेदवारी घोषणा गरीसकेका छन् । उम्मेदवारी घोषणासँगै नयाँ नेतृत्वका लागि सर्वसम्मतीको संभावना क्षिण बन्दै गइरहेको छ । यद्यपी सहमतीको प्रयास जारी रहेको सम्बद्व पक्षहरुले बताएका छन् । सहकारीका अगुवाहरुले त्रीपक्षीय सहमतीको प्रयास अन्तिम चरणसम्म जा।री राख्ने उनीहरुले उद्घोष गरेका छन् । काठमाडौं जिल्ला संघका अध्यक्ष केवी उप्रेतीले त्रीपक्षीय छलफल जारी रहेको र विभिन्न चारपाँचवटा प्रस्तावमा छलफल भएपनि टुंगो लागि नसकेको बताउनुभयो ।

चुनावका लागि त्रिपक्षीय भीडन्त हुने संभावना बढेपनि वामपन्थी समर्थकबीच सहमती हुन सक्ने संभावना बढेको बताइन्छ । यद्यपी, त्रिपक्षीय सहमती नै खोज्ने प्रयास पनि जारी रहेको सहकारीका नेताहरुले बताएका छन् ।
चुनावका लागि नेशनल कोअपरेटर्स एलाईन्स, एकीकृत नेकपा माओवादीसमर्थक प्यानल र नेकपा एमाले समर्थक सहकारीकर्मीहरुको प्यानल घोषणा भइसकेको छ ।
एमाले समर्थक सहकारीकर्मीहरुको मंगलबार टेकप्रशाद चौलागाईको नेतृत्वमा प्यानल घोषणा भएको छ । चौलागाईको प्यानलबाट उपाध्यक्षमा शोेभा सापकोटा, ज्ञानबादुर तामाङ, महासचिवमा खेम सुवेदी, सचिवमा रामचन्द्र अर्यालले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यमा सीता भट्टराई, सविना मल्ल, सुशीला बस्नेत, ठाकुर बास्कोटा, सुमन केसी, लेखा संयोजकमा केशव पोखरेल, लेखा समितिको सदस्यमा मेरीमाया घले उम्मेदवारी दिनुभएको छ ।

यसअघि एलाईन्सको तर्फबाट अध्यक्ष सीताराम काफ्लेको नेतृत्वमा प्यानल घोषणा भइसकेको छ । काफ्लेको प्यानलबाट उपाध्यक्षमा बिन्देश्वर श्रेष्ठ, प्रतिभा पौडेल मुडबरी, महासचिवमा कमलराज अधिकारी, सचिवमा गोविन्द काफ्ले, कोषाध्यक्षमा मनोज भण्डारीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यमा सुवासचन्द्र घिमिरे, अमरावती महर्जन, निरञ्जन शेढाई, अनिता अधिकारीले आफ्नो उम्मेदवारी दिनुभएको छ । त्यस्तै लेखा संयोजकमा विपिन शर्मा, सदस्यमा सीता घिमिरेले उम्मेदवारी दिनुभएको छ ।

एकीकृत नेकपा माओवादी समर्थक सहकारीकर्मीहरुले पनि छुट्टै प्यानल खडा गरी अघि बढेका छन् । उनीहरुले श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा प्यानल खडा गरी अघि बढेका छन् ।  प्यानलको तर्फबाट उपाध्यक्षमा दिलानाथ पौड्याल, सीता ढकाल पौड्याल, महासचिवमा सुर्दशन थापा, सचिवमा सुरेन्द्र ओझा, कोषाध्यक्षमा चन्द्रमान लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । सदस्यहरुमा सिरोज कुमार श्रेष्ठ, ज्ञानेन्द्र नेपाल, फणिन्द्र सैजु, जिरीमाया सेङताङ, शालिग्राम पुडासैनीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभभएको छ । त्यस्तै लेखा समिति संयोजमा पुस्कर प्याकुरेल र सदस्यहरुमा रामचन्द्र न्यौपाने र कल्पना श्रेष्ठ मर्हजनले उम्मेदवारी दिनुभएको छ ।
मंगलबार भएको घोषणासभामा बोल्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज घिमिरेले उम्मेदवारी घोषणा गर्नु वाध्यता भएको बताउनुभयो । ‘अन्तिम प्रयत्नसम्म सहमतीको प्रयास जारी रहने छ, यदी सहमती भएन भने चुनाव गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर