कर्जा व्यवस्थापन तालिम सम्पन्न


ललितपुर फाल्गुण १३ । ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा ७ दिने कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
फाल्गुण ५ देखि ११ गतेसम्म सञ्चालित तालिममा सहकारी संस्थाहरुलाई कर्जा लगानीको लागि आवश्यक पर्ने विभिन्न कानुनी विषयदेखि कागजात व्यवस्थापन, धितो मुल्यांकन, ५ सि मोडल, पिलर मोडल लगायत कर्जा सम्बन्धि आवश्यक प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक भूषणनाथ शर्माले बताउनुभयो ।

सहकारी संस्थाहरु त्यसमा पनि खासगरि वित्तिय कारोबार गर्ने वचत ऋण सहकारीहरुले कर्जा लगानी गर्दा अपनाउनुपर्ने विधि र उपायका बारेमा तालिम केन्द्रित रहेको उहाँको भनाई थियो ।
तालिममा सहभागी अधिकांश सहभागीहरुले यस तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके कर्जा जोखिम न्यूनीकरण गर्न सकिने र आफूले पहिलेदेखि गर्दै आएको कर्जा व्यवस्थापनमा थप चुस्तता आउने बताउनुभयो ।
वचत संघ ललितपुरको नियमित तालिमका कार्यक्रमहरु अन्र्तगत आयोजित प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले संघकै पहलमा संस्थाहरुलाई आवश्यक पर्ने लेखा व्यवस्थापन, पल्र्स अनुगमन विधि, कर लगायतका विभिन्न विषयहरु समेटेर आगामी दिनहरुमा यस्ता थुपै्र विषयका तालिमहरु सञ्चालन गरिने बताउनुभयो।

तालिमलाई प्रशिक्षकहरु कुमार खत्री, राजेन्द्र पौड्याल र किशोर कुमार विष्टले सहजीकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन