सहकारी अनुुगमनको बजेट हात्तीको मुुखमा जिरा


उदय बोहरा दाङ, फागुुन १३ ।एकातर्फ सहकारी संस्थाहरु नियमन निकायबाट आवश्यक अनुुगमन हुुँन नसक्दा चौपट हुदैँ गएका छन् । उनीहरुले न नियमन निकायसम्म वार्षिक लेखा प्रतिवेदन बुुझाउछन् नत हामीहरुलाई यस्तो समस्या परेको छ भनेर जानकारी नै दिन्छन् । अहिले राप्ती अञ्चलका विभिन्न झण्डै साढे ११ सय सहकारी संस्थाहरुमध्ये करीव ५० प्रतिशतले आफ्नो वार्षिक लेखा प्रतिवेदन नै नियमन निकाय डिभिजन सहकारी कार्यालय दाङमा वुुझाउदैनन् । अझ नसकेर मात्रै लेखा प्रतिवेदन बुुझाएका होइनन् उनीहरुले अटेर गरेरै लेखा प्रतिवेदन नबुुझाउने गरेको डिभिजन सहकारी कार्यालयको भनाइ ।

यता सहकारी विभागले पनि सबै सहकारीहरुलाई अनुुगमन गर्नका लागि बजेट नै पठाउदैन । पठाए पनि सिमित सहकारीहरुको अनुुगमनको लागि मात्रै पठाउने गर्दछ । चालुु आर्थिक वर्षमा राप्तीका दाङ, रुकुुम, सल्यान, रोल्पा र प्युुठान जिल्लाका साढे ११ सय सहकारी संस्थारुमध्ये जम्मा १ सय २० वटा सहकारी अनुुगमनका लागि मात्रै बजेट पठाएको छ । यो बजेट राप्तीका सहकारी संस्थाहरु अनुुगमनका लागि हात्तीका मुुखमा जिरा नै भएको सहकारी निरीक्षक जागेश्वर नेपालीले बताउनुुभयो । ‘झण्डै साढे ११ सय सहकारी संस्थाहरु हुुने पाँच जिल्लामा १ सय २० लाई मात्रै अनुुगमन गरेर कहाँ सहकारीको सुधार गर्न सकिन्छ ?’ नेपालीले भन्नुुभयो ।
एउटा सहकारीलाई दुुई हजारको दरले एक सय २० सहकारी अनुुगमनका लागि एक लाख ४० हजार रुपैयाँ सहकारी विभागबाट आएको सहकारी निरीक्षक नेपालीले जानकारी दिनुुभयो । राप्तीका दाङ वाहेक अन्य चार जिल्लाहरु विकट जिल्ला भएकाले यहाँका सहकारीलाई अनुुगमन गर्दा प्रतिसहकारी दुुई हजारले पनि नपुुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुुभयो’ ‘रुकुुम÷रोल्पाको कुुनै एउटा ग्रामीण क्षेत्रको सहकारीको अनुुगमन गर्न जाँदा भाडा नै करीव दुुई लाग्छ अनि यो बजेटले कसरी प्रभावकारी अनुुगमन हुुन सक्छ ।’
डिभिजन सहकारी कार्यालयले कतिपय सहकारी संस्थाहरुको कार्यालयको नियमित कार्यक्रमका क्रममा पनि अनुुगमन गर्ने गरेको भए पनि अनुुगमनका लागि राज्यका निकायबाट वर्षमा विनियोजन गर्ने बजेट नगन्ने रुपमा हुुने कार्यालयका प्रमुुख विनोदकुुमार पौडेलले बताउनुुभयो । बजेट अभावका कारण प्रभावकारी अनुुगमन नहुुँदा कतिपय सहकारीको वित्तीय अवस्थादेखि अन्य अवस्था नै कार्यालयलाई जानकारी हुुन नसकेको छैन । बजेट र स्रोत साधनका अभावमा पनि राप्तीका सहकारीको विकास र प्रवद्धनका लागि डिभिजन सहकारी लागि परेको पौडेलको दावी छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक