वामपन्थी सहकारीकर्मी एकजुट


एमाओवादीलाई कोषाध्यक्षसहित चार सिट

एलाईन्ससँग पनि वार्ता जारी

काठमाडौं, फागुन १३ । काठमाडौं जिल्ला सहकारी संघको फागुन १५ गते हुने चुनावका लागि वामपन्थी सहकारीकर्मीबीच सहकार्य हुने भएको छ । चुनावका लागि नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच सहकार्य भएको हो ।
बुधबार भएको दुईपक्षीय वार्तामा एमाले समर्थक र माओवादी समर्थक सहकारीकर्मीबीच पदको बाँडफाड भएको हो । सहमती भएअनुरुप माओवादी सहकारीकर्मीले कोषाध्यक्ष, सञ्चालक र दुई जना लेखा समिति सदस्यको पद पाउने भएका छन् । अन्य सबै पद एमाले समर्थक सहकारीकर्मीले लिने सहमती भएको छ ।
यसैबीच वामपन्थी सहकारीकर्मी एकजुट भएसँगै नेशनल कोअपरेटर्स एलाईन्ससँग पनि वार्ता भइरहेको छ । वार्ता भएपनि अझै टुंगोमा पुग्न नसकिएको सम्बद्व पक्षहरुले बताएका छन् । चुनावअगावै सहमतीको अन्तिम प्रयास गर्ने र प्रयास सार्थक नभए चुनावमा जाने बताइएको छ ।
सहमती नभए एलाईन्सबाट सीताराम काफ्ले र वामपन्थीको तर्फबाट टेकप्रशाद चौलागाईको प्यानलबीच मतदान हुने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?