कांग्रेस निकट प्यानलले संयुक्त प्रतिबद्धतापत्र ल्यायो (पूर्ण पाठ सहित)


काठमाडौं, १४ फागुन- जिल्ला सहकारी संघ लि., काठमाडौँको १५ औ“ साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ । यहि फागुन १५ र १६ गते हुने निर्वाचनका लागी वामपन्थी र प्रजातान्त्रिक दुई समूह छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस निकट समूहले सहकारीको सुदृढीकरणका लागी आफ्नोे दृष्टिकोण घोषण पत्र मार्फत सार्वजनिक गरेको छ ।

सीताराम काफ्लेको नेतृत्वमा रहेको प्रजातान्त्रिक प्यानलको संयुक्त प्रतिबद्धतापत्र यस्तो छ ।

आदरणीय सहकारीकर्मी मित्रहरू,
जिल्ला सहकारी संघ लि., काठमाडौँ, देशभरका सहकारीका जिल्लास्तरीय संघहरू मध्ये सर्वाधिक सदस्य संख्या रहेको संघ हो । काठमाडौँ जिल्लाका करीब ४००० प्रारम्भिक सहकारी संस्था मध्ये जिल्ला सहकारी संघ लि. काठमाडौँमा १८०१ सहकारी संस्था सदस्य रहेका छन् । यसका सदस्य संस्थामा भएका सदस्यहरुको संख्या र कारोबारका हिसाबले मुलुकको सहकारी अभियानमा यस संघको भुमिका अतुलनीय रहेको छ । यस दृष्टिले काठमाण्डौ जिल्ला देशको राजधानी मात्र नभएर सहकारी अभियानको समेत केन्द्रबिन्दुको रुपमा रहेको छ ।
सहकारी क्षेत्रका अनेकन सम्भावना र चुनौतीहरुको बिचमा रहेको काठमाण्डौ जिल्लामा नमुना सहकारीका रूपमा स्थापित कैयौँ संस्थाहरू र कारोबारका हिसाबले देशकै ठूला संस्थाहरु पनि रहेका छन । हिजोका दिनमा यस जिल्ला भित्र रहेका सहकारी संघ संस्थालाई विधि र प्रक्रियामा चलाउन आवश्यक पर्ने ज्ञान, परामर्श, प्रविधि तथा साधनस्रोतको सदुपयोगका सवालमा जिल्ला सहकारी संघ काठमाडौँबाट के कस्ता कार्यक्रमहरू लागु गरिए र आफ्नो जिम्मेवारी पुरा गर्ने दिशामा संघ कति खरो उत्रिन सक्यो भन्ने कुराको विश्लेषण गरिन पनि यस समयमा युक्ति संगत हुनेछ ।
प्रारम्भिक संस्थाहरूको आवश्यक्ता अनुरूपको सेवा प्रदान गर्ने तथा तिब्र रूपमा बृद्धि भइरहेका सहकारी संस्थाका सदस्यहरूलाई पूर्व सहकारी शिक्षा दिने लगायतका जिम्मेवारी पुरा गर्न पनि काठमाण्डौ जिल्ला संघको मुल नेतृत्व सफल रहन सकेन । सँस्थागत सदस्यताबाट उठेको शेयर रकम र प्रवेश शुल्क बापतको १ करोड हाराहारीको रकमको प्रभावकारी परिचालनमा पनि संघको नेतृत्व असफल रहेको तीतो यथार्थ हाम्रो सामु छर्लग छ ।
जिल्ला सहकारी संघले आजसम्म नत आफूले कुनै व्यवसाय गर्न सकेको छ न सदस्य संस्थाहरूलाई सामुहिक व्यवसायका लागि संयोजन गर्न सकेको अवस्था नै छ । यति मात्र होइन, पूर्व सहकारी शिक्षाका लागि सर्वसाधारण सहकारीकर्मीले तिरेको शुल्क बापतको लाखौँ रकमको पारदर्शी हिसाबकिताब यस संघले साधारणसभामा आफ्ना सदस्यमाझ प्रस्तुत गर्न सकेको छ छैन भन्ने कुराको मूल्याङ्कन हुन पनि जरूरी छ ।
आजसम्म केन्द्रीय नेतृत्वमा पुग्नका लागि यस संघलाई भ¥याङ बनाउने काम मात्र भएको छ । माथिल्लो स्तरको संघमा प्रतिनिधि भई जाने र केन्द्रीय संघ, राष्ट्रिय सहकारी संघ, सहकारी बैंक लगायतका निकायमा सञ्चालक वा पदाधिकारीको रूपमा स्थापित हुन यस संघलाई प्रयोग गरिएको स्पष्ट उदाहरण जिल्ला संघको नेतृत्व स्वयं हुनुहुन्छ । तर उहाँहरूले जिल्ला सहकारी संघलाई के दिनुभयो भन्ने जवाफ उहाँहरू स्वयंसँग छैन ।
यति मात्र होईन विगतमा सहकारीलाई पार्टीगत राजनीतिको साँघुरो घेरा भित्र खुम्च्याई व्यक्तिगत लाभ लिने अभ्यासहरू जिल्ला सहकारी संघ भित्र प्रशस्तै भएको छर्लङ्गै छ । यिनै गतिबिधिका कारण यस संघका सदस्यहरूलाई संघप्रति नै वितृष्णा जागेको यथार्थ हो । तथापी अहिलेको समय विगतका घटनाक्रमलाई हेरेर उत्साहहिन हुने र निश्क्रिय बस्ने समय भने अबश्य होईन । यस संघलाई सुदृढ बनाई देशकै नमूना संघको रूपमा स्थापित गर्ने अठोट, क्षमता र उत्साह बोकेका सयौँ सहकारीकर्मी आफ्नो संस्थामार्फत जिल्ला सहकारी संघमा आबद्ध हुनुभएको छ ।
आउनुहोस, यस पटकको १५औँ वार्षिक साधारणसभाबाट जिल्ला सहकारी संघलाई सहि मार्गमा डो¥याउने प्रबल ईच्छाशक्ती भएका सम्पूर्ण सहकारीकर्मीहरू एकजुट भई संघलाई सुदृढ र सक्षम बनाउन दह्रो सहकार्य गरौँ ।
हामी सहकारी संघसंस्थाहरूमा राजनीति चाहादैनौँ । सहकारी संघहरूमा हाल देखिएको राजनीतिकरणलाई पूर्ण रूपमा निर्मूल गरी सहकारीका अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्यमान्यता र देशको सहकारी कानून अन्तर्गत लोकतान्त्रिक विधि र प्रक्रियाबाट सहकारी संघसंस्था सञ्चालन गराउनका लागि आवश्यक पहलकदमी लिन नेपालभरीका सहकारीकर्मीहरू संगठित हुन आवश्यक छ । सहकारी क्षेत्रमै योगदान भएका र सहकारीलाई नै प्राथमिकतामा राख्ने सहकारीकर्मीहरूले नै सहकारी क्षेत्रको नेतृत्व गरेर सहकारी क्षेत्रमा देखिएको विकृतिलाई निराकरण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । कुनै पार्टी वा समुह विशेषको नभई सहकारीमा लोकतान्त्रिक मूल्य र मान्यता कायम हुनुपर्छ भन्ने मनोकांक्षा भएका सहकारीकर्मीहरू गोलबद्ध भई सहकारीकै अन्तर्राष्ट्रिय सिद्धान्त र सदस्यद्वारा प्रजातान्त्रिक नियन्त्रणलाई अक्षुण्ण राखी सहकारीको मौलिकता र सौन्दर्यलाई कायम राख्ने भावनाका साथ एकताबद्ध हुन आवश्यक भएकाले हामी रचनात्मक र सकारात्म सोच भएका सम्पूर्ण सहकारीकर्मी काठमाडौँ जिल्लामा एकजुट भएका छौँ । त्यसैले बिगत लामो समयदेखि सहकारी अभियानमा रहेर सहकारीकर्मीहरूको हकहितका लागि सक्रिय रूपमा लागि परेका तथा आफ्नो सम्पूर्ण समय सहकारीताको बिकासमा समर्पण गरेका हामी सहकारीकर्मीहरूको समूहलाई जिल्ला सहकारी संघ लि., काठमाडौँको १५औँ साधारणसभामा हुने निर्वाचनमा आफ्नो अमुल्य मत दिई बिजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछौ । साथै आगामी कार्यकालमा हाम्रो समूहले गर्ने कार्यहरुको विवरण सहित यसमा आफ्नो दृढ प्रतिबद्धता ब्यक्त गर्दछौँ ।
१। संघलाई सम्पूर्ण रूपमा सुदृढ गरी व्यावसायिक रूपमा सञ्चालन गर्न संघका सदस्य संस्थाहरूसँग तत्काल परामर्श थालनि गर्ने छौँ ।
२। काठमाडौँ जिल्ला भरिका सहकारी सँस्थालाई सुदृढ र सक्षम बनाउनका लागि दीर्घकालिन कार्ययोजना तयार गर्न सहकारी क्षेत्रका केन्द्रिय निकाय, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी विज्ञ एवम् काठमाडौँ जिल्लाका सहकारीकर्मीको सहभागितामा काठमाडौँ समिट आयोजना गर्नेछौँ ।
३। संघको सदस्यता विस्तारलाई निरन्तरको प्रक्रियाका रूपमा अघि बढाई आगामी ५ वर्ष भित्र काठमाडौँ जिल्लाका शतप्रतिशत संघसंस्थालाई सदस्य बनाउनेछौँ ।
४। काठमाडौँ जिल्लामा रहेका सम्पूर्ण विषयगत जिल्ला संघहरूसँग समन्वय गरी सबै संघको कार्य विभाजन गर्ने र एकिकृत कार्यक्रमहरू सञ्चालन गर्ने कार्यको नेतृत्व लिनेछौँ ।
५। जिल्लाका सम्पूर्ण सहकारी संघसंस्थाहरुका बिचमा सूचना आदान प्रदान गर्नका लागि नविनतम सञ्चार प्रविधिको प्रयोग गरी सहकारी सूचना साझेदारी प्रणाली ९ऋययउभचबतष्खभ क्ष्लायचmबतष्यल क्जबचष्लन क्थकतझ( ऋक्ष्क्क्० सञ्चालन गर्नेछौँ ।
६। आधारभुत देखि विशेषज्ञ स्तरसम्मका तालिम कार्यक्रमहरू वर्षैभरी सञ्चालन गर्ने र शिक्षा, तालिम र सूचनामा देशकै उत्कृष्ट संघका रूपमा स्थापित गर्नेछौँ । सहकारी सम्बन्धी जनशक्ती उत्पादन हेतु यस संघमार्फत सर्टिफिकेट इन को–अपरेटिभ विषयको शिक्षा दिने व्यवस्था गर्नेछौँ ।
७। देशभरीका सहकारी संघसंस्था र तिनका सदस्यद्वारा उत्पादित वस्तु तथा सेवाको यस जिल्लामा बजारीकरण गर्ने र विषयगत जिल्ला सहकारी संघ एवम् प्रारम्भिक सहकारी संस्थासँगको साझेदारीमा व्यवसाय स्थापित गर्नेछौँ ।
८। काठमाडौँसँग नजिक रहेका ललितपुर, भक्पुतर, धादिङ, नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकमा कृषिजन्य उत्पादनको व्यवसायिकताका लागि सम्बन्धित जिल्ला संघ र विषयगत संघ मार्फत प्रारम्भिक सहकारी संस्थाहरूसँग समन्वय गरी उत्पादन र उत्पादकत्व बृद्धिका लागि कार्यक्रम लागु गर्ने र ती क्षेत्रबाट उत्पादित कृषि उत्पादनको काठमाडौँ जिल्लामा बजारीकरण गर्ने व्यवस्था मिलाउने छौँ ।
९। सहकारी विभाग, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी संघ र केन्द्रीय संघहरूले लागु गर्ने कार्यक्रमहरू जिल्ला संघ मार्फत लागु गर्न आवश्यक समन्वय गर्नेछौँ ।
१०। संघको हिसाबकिताबलाई पारदर्र्शीबनाउने र स्वनियमन प्रणालीलाई पूर्ण रूपमा लागु गर्नेछौँ ।
११। काठमाडौँ जिल्ला भित्रका सम्पूर्ण क्षेत्रका सहकारी संस्थालाई समन्वय गर्नका लागि स्थानिय सहकारीकर्मीकै अग्रसरतामा समन्वय संयन्त्र निर्माण गरि क्रियाशिल बनाउनेछौँ । यसै संयन्त्र मार्फत सहकारी संस्थाहरूलाई एकिकरणका लागि वातावरण निर्माण गर्ने छौँ ।
१२। सहकारीका विकृतिहरू निराकरण गर्न डिभिजन सहकारी कार्यालय, विषयगत संघ, प्रारम्भिक संस्था र अन्य सरोकारबाला निकायसँग समन्वय गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, सहकारी जोखिम मूल्याङ्कन गर्ने, विभिन्न कारणले जोखिममा परेका संस्थाहरूको समस्यालाई समाधान गर्न पहलकदमी लिने र आगामी दिनमा कुनै पनि संस्था समस्यामा पर्न नदिने वातावरण निर्माण गर्नेछौँ ।
१३। सहकारीमार्फत महिलाहरूमा उद्यमशिलता, नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने, सहरी गरिवी निवारणमा वित्तिय लगानी र सीपमूलक तालिमसहितको प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौँ ।
१४। देशमा सहकारी सँस्कृतिको निर्माण गर्ने तथा काठमाडौँलाई स्वच्छ, सफा र बस्न योग्य बनाउनका लागि महा÷नगरपालिका र स्थानिय संघसंस्थासँग समन्वय गरी फोहोरमैला व्यवस्थापन तथा सरसफाईको कार्यक्रमहरूमा सहकारी संघसंस्थालाई सहभागी गराउने छौँ ।
१५। आगामी ५ वर्ष भित्र जिल्ला सहकारी संघ लि., काठमाडौँका नाममा जग्गा खरीद गरी आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने र त्यसै भवनबाट माथि उल्लिखित व्यवसायहरू सञ्चालन गर्ने एवम् तालिम केन्द्र सञ्चालन गर्नेछौँ । जिल्ला सहकारी संघ लि. लाई आर्थिक रूपमा सक्षम, सामाजिक रूपमा उत्तरदायी र देशकै उत्कृष्ट जिल्ला संघको रूपमा स्थापित गर्नेछौँ ।
धन्यबाद ! जयसहकारी !

सिताराम काफ्ले नेतृत्वको समूहका पदाधिकारी तथा सदस्यहरूः

candidates names for FB
सीताराम काफ्लेः अध्यक्ष
विन्देश्वर श्रेष्ठः उपाध्यक्ष
प्रतिभा मुडभरीः उपाध्यक्ष
कमलराज अधिकारीः महासचिव
गोविन्द प्रसाद काफ्लेः सचिव
मनोज भण्डारीः कोषाध्यक्ष
निरञ्जन सेंढाईः सञ्चालक
अमरावती महर्जनः सञ्चालक
सुवास चन्द्र घिमिरेः सञ्चालक
अनिता अधिकारीः सञ्चालक
गणेश बहादुर के.सी.: सञ्चालक
सीता घिमिरेः सञ्चालक
विपिन शर्माः लेखा समिति संयोजक
निर्मला श्रेष्ठः लेखा समिति सदस्य
मोहन बहादुर बलामीः लेखा समिति सदस्य


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर