बढ्यो काठमाडौं जिल्ला सहकारीको चुनावी सरगर्मीे


नेतृत्व हत्याउन अस्तित्वको लडाई

निर्वाचन तालिकामा हेरफेर, भोली नै निर्वाचन हुने

-तुलसी सुवेदी-


काठमाडौं जिल्ला सहकारी संघको १५ औं साधारणसभा भोली शुक्रबार हुदैँछ । आगामी पाँच वर्षसम्मका लागि नयाँ नेतृत्व चयन हुने भएकाले साधारणसभालाई विशेषरुपमा हेरिएको छ । नेतृत्व हत्याउनका लागि प्रजातान्त्रिक र वामपन्थी विचारधाराका सहकारीकर्मीबीच अस्तित्वको लडाई भएको छ । अझ प्रजातान्त्रिक सहकारीकर्मीको लागि विशेषरुपमै अस्तित्वको लडाई हो । त्यसकारण नेशनल कोअपरेटर्स एलाईन्सका लागि जिल्ला संघको चुनाव महत्वपूर्ण अवसर र चुनौति हो । त्यस्तै सहकारीक्षेत्रमा अहिलेसम्म आफ्नो पकड जमाएको वापमन्थी सहकारीकर्मीका लागि आफ्नो वर्चश्व कायम राखिराख्ने चुनौती रहेको छ ।

candidates names for FBbam pyanal - Copy
नयाँ नेतृत्व हत्याउनका लागि यतिखेर सहकारीकर्मीहरु चुनावी मैदानमा होमिएका छन् । नयाँ नेतृत्व हत्याउनका लागि खासगरी दुई समूह चुनावी परिणाम आफ्नो पक्षमा पार्न बढी क्रियाशील भईरहेका छन् । यस पटकको जिल्ला संघको चुनावमा दुवै पक्षबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । चुनावका लागि दुई पक्षले प्यानल नै घोषणा गरेर अघि बढेका छन् । एलाईन्सको सञ्जाल अलि बढी नै क्रियाशील रहेको छ । तर पनि चुनावमा मतदान नभईकनै कसले जित्छ भनि पहिला नैै ठोकुवा गर्न सकिदैंन ।
सहकारीका अन्य निकायहरुमा वामपन्थी विचारधाराका सहकारीकर्मीको वर्चस्व रहेको छ । राष्ट्रिय सहकारी संघ, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ(नेफ्स्कुन), राष्ट्रिय सहकारी बैंकमा वामपन्थी त्यसमा पनि एमाले समर्थक सहकारीकर्मीको बाहुल्यता रहेको छ । तर यसपटक काठमाडौं जिल्ला सहकारी संघमा उसको त्यसरी अन्य निकायजस्तो (संघ, नेफ्स्कुन र बैंक)पहुँच कायमै रहन सक्ने अवस्था देखिदैँन ।
नेशनल कोअपरेटर्स एलाईन्स विगत दुई वर्षदेखि क्रियाशील रहदैं आएको छ । यो नितान्त प्रजातान्त्रिक विचार बोक्ने सहकारीकर्मीको संगठन हो । काठमाडौं जिल्ला संघमा अधिकांश सिट जित्ने उसको बलियो संभावना छ । आधा भन्दा बढी नै सिट ल्याउनेमा एलाईन्स सम्बद्व सहकारीकर्मीहरु ढुक्क छन् ।
एलाईन्सले सहकारी मुमेन्टमा आफ्नो अस्तित्व स्थापित गर्न अधिक मेहनत गरेको छ । राष्ट्रियदेखि स्थानीयतहसम्म विचार मिल्ने सहकारीकर्मीलाई एकीकृत गरी नेशनल कोअपरेटर्स एलाईन्स गठन गरेर एक हिसाबले आफ्नो शक्ती सञ्चय गरेको छ । यो स्वयम् एलाईन्स आफैं, वामपन्थी सहकारीकर्मी एवम् सबैलाई दिइएको गतिलो सन्देश पनि हो ।
तर म्याराथुन दौड बाँकी नै छ । चुनाव एकदमै कडा प्रतिष्पर्धा हुन सक्ने देखिन्छ । यसपटकको चुनावमा एलाईन्सले सम्मानजनक सिट जित्नेमा दुईमत नै छैन् । किनकी उसको संगठन बिस्तार र नेतृत्वका लागि हदैसम्मको प्रयासले संभावना बलियो भएको हो । काठमाडौैंमा एलाईन्सले दशवटै निर्वाचन क्षेत्रका आधारमा क्षेत्रीय समिति गठन गरेको छ । क्षेत्रीय संयोजक नै काठमाडौं जिल्ला सहकारी संघको नेतृत्वका लागि उम्मेदवार बनेका छन् । जसले गर्दा हरेक क्षेत्रबाट उनीहरुले आफ्नो पक्षमा सहजै मत ल्याउन सक्छन् । आफ्नो विचार मिल्नेसँग मात्र होइन, भोट क्रस गर्न सक्ने अब्बल उम्मेदवारहरु एलाईन्समा छन् । तर अघिल्ला पटक भएका सहकारीका चुनावहरुमा वामपन्थीहरुको जित भएकोले एलाईन्सले अपेक्षा गरेजति सिट लिन सक्नेमा शंका गर्न सक्ने ठाउँ पनि नभएको होइन ।
काठमाडौं जिल्ला संघको चुनावमा उम्मेदवारहरुको हैसियत दुवै प्यानलमा लगभग उस्तै उस्तै देखिन्छ । अधिकांश उम्मेदवारको सहकारीक्षेत्रमा स्थिति समान रहेकाले पनि चुनावमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । तुलनात्मकरुपमा उम्मेदवारको हैसियत उस्तै उस्तै भएपनि एलाईन्सका उम्मेदवारको प्रारम्भीक सहकारीको तुलनात्मकरुपमा कारोबारको हिसाबले धेरै ठूलो छ । त्यस्तै उम्मेदवार छनोट गर्ने क्रममा पनि एलाईन्सले सामावेशी र सामानुपातिकतालाई विशेष ख्याल गरेको पाइन्छ । नेवार जातिको बाहुल्यता रहेको काठमाडौंमा पनि वामपन्थीको प्यानलमा नेवार समूदायका कोहीपनि उम्मेदवार छैनन् । यद्यपी, महिला र जनजातिको सवालमा भने दुवै पक्षले ख्याल पु¥याएका छन् ।
त्यस्तै वामपन्थीका केही उम्मेदवारहरु बैंक, नेफ्स्कुनको नेतृत्वमा रही आएका र एलाईन्सका उम्मेदवार बैंक तथा नेफ्स्कुनको चुनावमा सहभागी जनाइसकेका भएकाले चुनावमा कसरी जित्ने भन्ने कुरामा दुवै पक्षका उम्मेदवार उत्तिकै चनाखो भएका छन् । जसले गर्दा सभवतः जिल्ला संघको चुनावमा सहकारीका अन्य निकायजस्तो कोही पनि उम्मेदवारले लज्जास्पद हार बेहोर्नुपर्ने छैन ।
निर्वाचन तालिकामा १५, १६ गते चुनाव गर्ने उल्लेख गरिए पनि एकीकृत माओवादीसहित १९ दलीय मोर्चाको घोषित कार्यक्रमका कारण भोली १५ गते नै उद्घाटन र चुनावको कार्यक्रम सक्ने दुवै पक्षबीच आपसी सहमती भइसकेको छ । निर्वाचनको नयाँ सूचनाका अनुसार भोली बिहान ८ बजे उद्घाटन सत्र र ११ बजेदेखि निर्वाचन प्रक्रिया शुरु हुने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक