जिल्ला सहकारी संघको चुनाव आज हुदैँ, यस्तो छ निर्वाचन तालिका


उद्घाटन सत्र शुरु हल पूरै खाली
उम्मेदवार एंव समर्थक भोट माग्न व्यस्त

???????????????????????????????
काठमाडौं, फागुन १५ । काठमाडौं जिल्ला सहकारी संघको चुनावी रौनक बढेको छ । कार्यक्रमस्थलमा सहकारीकर्मी उपस्थित भइसकेका छन् ।
केहीबेरमा उद्घाटन शत्र शुरु हुने छ । कार्यक्रममा उपस्थित उम्मेदवार एंव शुभेच्छुकहरु चुनावी काममा व्यस्त रहेका छन् । प्रतिनिधिलाई परिचयपत्र दिनेलगायतका काम भइरहेका हुन् ।
कार्यक्रम स्थलमा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारहरुले कार्यक्रममा उपस्थित सहकारीकर्मीसँग सम्पर्क र सम्बन्ध बाक्लै बनाएका छन् ।
चुनाव २ बजेदेखि शुरु हुने छ । चुनावमा नेशलन कोअपरेटर्स एलाईन्स र वामपन्थी प्यानल नयाँ नेतृत्वका लागि व्यापक गृहकार्यमा जुटेका छन् । नेशनल कोअपरेटर्सबाट सीताराम काफ्ले र वामपन्थी प्यानलबाट टेकप्रशाद चौलागाई चुनावी मैदानमा उत्रनुभएको छ ।
१८०१ मतदाता रहेका छन् । चुनाव दिउँशो २ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । प्रथम उम्मेदवार नामावली ११ बजे, उम्मेदवार दाबी विरोध ११ बजेदेखि १२ बजेसम्म, पहिलोपटक उम्मेदवार प्रकाशित १२ः१५ मा,उम्मेदवारविरुद दावी विरोध १२ः३० देखि १ बजेसम्म निर्धारण गरिएको निर्वाचन कमितिले जनाएको छ ।
त्यस्तै उम्मेदवारी फिर्ता १ः१० देखि १ः५० सम्म । अन्तिम नामावली २ बजे, मतदान शसश्र २ः२० देखि शुरु हुने छ ।
ऋहिले उद्घाटन शत्र शुरु भईसकेको छ । तर उम्मेदवार एंव सहभागी हलमा कमै देखिन्छन् । सबैलाई चुनाव लागेकाले भाषण सुन्नभन्दा भोट माग्न, भोट मागीदिन व्यस्त छन् ।
कर्यक्रममा प्रमुख अतिथी राष्टिय सहकारी संघका अध्यक्ष केशव बडाल, पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटा, संघका उपाध्यक्ष ओमदेवी मल्ललगायत अथिति रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने