काठमाडौं देशको उत्कृष्ट संघ बन्नुपर्नेमा सहकारी नेताको निर्देशन केहीबरेमा मतदान हुने


काठमाडौं, फागुन १५ । काठमाडौं जिल्ला सहकारी संघ देशको उत्कृष्ट संघ बन्नुपर्नेमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
१५ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले संघको आगामी नेतृत्व रचनात्मकढंगले अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै राष्टिय सहकारी संघका अध्यक्ष केशव बडालले काठमाडौं जिल्ला सहकारी संघले सबै संघलाई सन्देश दिन सक्नुपर्ने बताउनुभयो । सहकारीमार्फत आर्थिक संमृदि हाशिल गर्न सकिने भन्दै बडालले त्यसका लागि असल नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो ।
राष्टिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेँलले काठमाडौं जिल्ला संघले सबै संघलाई मार्गनिर्देशन दिन सक्नुपर्नेमा जोड दिनुभयो । तीन खम्बे अर्थनीतिमा सहकारी सबल खम्बा बनाउन नेतृत्वको अंहम भूमिक हुने बताउनुभयो ।
संघका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले काठमाडौं जिल्लामा सहकारीको विकृति धेरै रहेकाले त्यसलाई रोक्न सक्नुपर्नेमा जोड दिनुभयो । काठमाडौं संघले अन्य सहकारी संघसंस्थालाई अनुशासन सिकाउनुपर्नेमा जोड दिनुभयो । संघकी उपाध्यक्ष ओमदेवदी मल्लले प्यानलभन्दा सहकारी क्षेत्रमा केही गर्न सक्ने नेतृत्व आवश्यक भएको बताउनुभयो । उहाँले प्यानलभन्दा व्यक्रि हेर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित उम्मेदवार एंव शुभेच्छुकहरु चुनावी काममा व्यस्त रहेका छन् । प्रतिनिधिलाई परिचयपत्र दिनेलगायतका काम भइरहेका छन् ।
कार्यक्रम स्थलमा उम्मेदवारहरु भोट माग्न व्यस्त देखिएका छन् । उम्मेदवारहरुले कार्यक्रममा उपस्थित सहकारीकर्मीसँग सम्पर्क र सम्बन्ध बाक्लै बनाएका छन् ।
चुनावमा नेशलन कोअपरेटर्स एलाईन्स र वामपन्थी प्यानल नयाँ नेतृत्वका लागि व्यापक गृहकार्यमा जुटेका छन् । नेशनल कोअपरेटर्सबाट सीताराम काफ्ले र वामपन्थी प्यानलबाट टेकप्रशाद चौलागाई चुनावी मैदानमा उत्रनुभएको छ ।
१८०१ मतदाता रहेका छन् । चुनाव दिउँशो २ बजेदेखि ५ बजेसम्म हुने बताइएको छ । अब केहीबेरमा चुनाव हुने तयारी शुरु भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने