आर्थिक पूर्वाधार समितिले नयाँ विदेशी लगानी नीति पारित गर्यो


आज शुक्रबार बसेको आर्थिक पूर्वाधार समितिले नयाँ विदेशी लगानी नीति
पारित गरेको छ । नयाँ नीतिले २२ वर्ष  पुरानो नीति, विदेशी लगानी र
एकद्वार नीति, २०४९ लाई विस्थापित गर्ने छ ।
उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्नुका
साथै नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक
लगानी नीति ल्याइएको बताउनुभयो ।
मन्त्री बस्नेतले विशेषगरी विशेष आर्थिक क्षेत्र (सेज) प्रति विदेशी
उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याइएको
उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा विदेश लगानी सहजरुपमा भित्र्याउन नयाँ नीतिले महत्वपूर्ण
भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
‘निकै समयदेखि विदेशी लगानीकर्ता र नीजी क्षेत्रले नयाँ विदेशी नीतिको
माग गरेको अवस्था थियो । अहिले उद्योगमन्त्रालयमा नेपालमा लगानी गर्न
चाहने विदेशी लगानीकर्ताको चाप र विदेशी लगानी उभिवृद्धि गर्नुपर्छ भन्ने
मन्त्रालयको मान्यताका कारण नयाँ नीतिले तिव्रता पाएको हो’–उद्योगमन्त्री
महेश बस्नेतले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले