कोषाध्यक्षबाहेक सबै पदाधिकारीमा चौलागाई समूह बिजयी, सञ्चालकमा पनि वाम प्यानल बढी


mat gananaकाठमाडौं, फागुन १६ ।काठमाडौं जिल्ला सकहकारी संघमा टेकप्रसाद चौलागाई समूह बिजयी भएको छ । अधिकांश पदमा चौलागाई समूह बिजयी भएको हो । अध्यक्षमा टेकप्रसाद चौलागाईले २५ मत बढी ल्याइ जित्नुभएको छ ।

ज्ञानबहादुर तामाङले ६० मत बढी ल्याएर बिजयी हुनुभएको छ ।  शोभा सापकोटाले १ सय ३० मत बढी, महासचिवमा खेमराज सुवेदीले ७० मत बढी, सचिवमा रामचन्द्र अर्यालले १४  मत बढी, कोषाध्यक्षमा एलाईन्सबाट मनोज भण्डारीले २० मत बढी ल्याई बिजयी हुनुभएको छ । लेखा संयोजकमा ५७ मत बढीले केशव पोखरेल, एलाईन्सबाट निर्माला श्रेष्ठ बिजयी हुनुभएको छ । सञ्चालकमा पनि चौलागाई समूह अगाडि देखिएको छ ।

सञ्चालकमा वाम प्यानलबाट सुशील बस्नयात, सुमन केसी, सीता भट्टराई निर्वाचित हुनुभएको छ । त्यस्तै एलाईन्सबाट अमरावती महर्जन वियजी हुनुभएको छ । लेखा समितिको सदस्यमा वाम प्यानलबाट  सुरेन्द्रकुमार  ओझा निर्वाचत हुनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दोलखामा कोपोमिस तालिम सञ्चालन
लमजुङमा पनि सहकारीहरुका लागि कोपोमिस तालिम सञ्चालन
साकोस स्तरीकरण सम्बन्धी मधेश प्रदेशका व्यवस्थापकहरु बीच अन्तरक्रिया
सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल