लेखा व्यवस्थापन तालिम सम्पन्न


बारा, फागुन १७ । बारामा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिमा समापन अवसरमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का सञ्चालक कृष्ण पौडेलले सहकारीमार्फ आर्थिक समृद्ध हाशिल गर्न सकिने बताउनुभयो ।

पौडेलले सहकारी ऐन र सोहीबमोजिम नियमावली र नीतिहरुको आवश्यकता रहेको र आफूहरु त्यसको प्रयासमा रहेको बताउनुभयो । संख्यात्मक रुपमा धेरै भएको स्थानहरुमा दर्ता रोकेर एकीकरणको अभियान र सहकारी नभएको स्थानहरुमा सहकारीहरुको स्थापना र प्रवद्र्धनमा गर्न सकिने पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारीले कृषिलाई व्यवसायीकरण गर्न सहकारी संस्थाहरुले पूंजी परिचालनमा ध्यान दिनुपर्ने बताउनुभयो त्यसैगरी बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन र गुणात्मक विकासमा जिल्ला संघ प्रतिवद्ध रहेको बताउनुभयो ।

डिभिजन सहकारी कार्यालयको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा सञ्चालित ६ दिने सहभागितात्मक लेखा ब्यवस्थापन तालीम समापन गर्दै तालिममा १५ संस्थाहरुका ३० जना सहभागी थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न