हाम्रो नमूनाको स्थापना दिवस


ललितपुर, फागुन १७ । हाम्रो नमुना बचत तथा ऋण सहकारी सस्थाले १७ औ स्थापना दिवस विविध कार्यक्रम गरी बनाएको छ संस्थाले दिवसको अबसर पारी रक्तदान कार्यक्रम गरेको थियो ।
‘आपसी सहयोग सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने नाराका साथ आज मंगलबजारमा रक्तदान कार्यक्रमको आयोजन गरेको हो । २०५५ सालदेखि सहकारीले स्थापना दिवसको अबसरमा अभियानको रुपमा कार्यक्रम गर्दै आएको संयोजक सागर श्रेष्ठले बताउनुभयो । बिहान १० बजे देखि २ बजे सम्म हुने उक्त कार्यक्रममा सय भन्दा बढीले रक्तदान गर्ने लक्ष्य रहेको श्रेष्ठले बताउनुभयो । सहकारीले रक्तदातालाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु