आर्थिक समृद्धिका लागि सहकारीमैत्री संविधान तत्काल जारी गर्न मांग


बारा, फागुन १७ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले मुलुकको संक्रमणकालीन अवस्थाको तत्काल अन्त्य गरी आर्थिक समृद्धि र सामाजिक न्यायका लागि तत्काल सहकारीमैत्री संविधान जारी गर्न मांग गर्नुभयो । आज निजगढमा लेखा तथा व्यवस्थापन तालीमको उदघाटन गर्दै उक्त कुरा बताउनुभएको हो । पौडेलले सहकारी नेपाली समाजको एकता र आर्थिक समृद्धिको आधार भएकोले यसको विकास र प्रवद्र्धनका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउनुभयो । सहकारी क्षेत्रका उपलव्धिहरु संस्थागत गर्दै यसका विकृति, चुनौति र जोखिमहरुलाई न्युनीकरण गर्न राज्य र सहकारी अभियान हातेमालो गर्दै अघि बढन जरुरी रहेको बताउदै पौडेलले त्यसका लागि बचत तथा ऋण सहकारी ऐनको व्यवस्था, करमुक्त सहकारी क्षेत्रको व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो । धेरै सहकारीहरु भएको क्षेत्रमा एकीकरण र नभएका स्थानहरुमा संस्था गठन र प्रवद्र्धनमा ध्यान पुग्नुपर्ने पौडेलले बताउनुभयो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन, नियमन र क्षमता विकासमा सरकारले सहयोग गर्नुुपर्ने बताउनुभयो । डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले आफुहरुले सीमित स्रोतसाधनका वावजुद सहकारीहरुको क्षमता विकासमा सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रममा निजगढ महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला खनाल, अवतार बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष अजय लामा, डिभिजन सहकारी कार्यालयका प्रशिक्षकद्वय गोपाल खपांगी र प्रतिमा पाठकलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघकी कार्यालय सचिव अस्मिता ढकालले गर्नुभएको छ ।

डिभिजन सहकारी कार्यालय कलैया र बारा जिल्ला बचत तथा ऋण सहकारी संघ सिमराको संयुक्त आयोजनामा सञ्चालन भई रहेको तालीम छ दिनसम्म चल्नेछ । तालीममा १५ संस्थाका ३० सहकारीकर्मीहरु सहभागी छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान