मतदाताप्रति हार्दिक आभार


काठमाडौं, फागुन १७ । काठमाडौं जिल्ला सहकारी संघका सचिवका उम्मेदवार गोविन्द काफ्लेले आफ्ना मतदाताप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
काफ्लेले आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना मतदाताप्रति आभार व्यक्त गर्नुभएको हो । काफ्ले नेशनल कोअपरेटर्स एलाईन्सबाट प्रतिनिधित्व गर्दै संघको सचिव पदमा उम्मेदवारी दिनुभएको थियो ।
काफ्लेले जिल्ला सहकारी संघ काठमाडौँको १५ औँ साधारणसभामा विजयी हुनुहुने सम्पूर्णलाई नेशनल कोअपरेटर्स एलाईन्स नेपाल काठमाडौँ क्षेत्र नं ३ को तर्फबाट हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। साथै उहाँले सीताराम काफ्लेको नेतृत्वमा उम्मेद्वारी दिएको एलाईन्ससम्बद्ध प्यानलका उम्मेदवारलाई मत जाहेर गर्नुहुने सबै सहकारीकर्मी मतदाता, शुभेच्छुक तथा सहयोगी साथीहरू प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
प्यानलबाट सञ्चालक समितिमा कोषाध्यक्षका साथै २ जना सञ्चालक र लेखा समितमा १ जना बिजयी भएकोमा खुसी व्यक्त गर्र्दै सफलताको शुभकामना दिनुभएको छ । ‘सचिब पदमा मेरो लागि मत प्रदान गर्नुहुने ४४४ प्रतिनिधिलाई व्यक्तिगत तर्फबाट पुनः धन्यबाद दिन चाहन्छु, तपाईँहरूको मत मलाई विजयी गराउनका लागि ३ मतले कमी भएको जानकारी गराउँछु ।’ उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।
एलाईन्सको क्षेत्रीय संयोजकको संयोजक भएको हैसियतले काफ्ेलेले साधारणसभामा निर्वाचनको प्रजातान्त्रिक विधिलाई प्राथमिकतामा राखेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘हिजो सहकारी अभियानमा देखिएको राजनीतिक भागबण्डाको गलत संस्कृतिलाई रोक्नका लागि आवश्यक थियो ।’
सहकारीको मूल्यमान्यता अनुरूपको प्रजातान्त्रिक पद्धतिलाई स्वीकार गर्ने भएकाले हामी खेलको नियम परिवर्तन गरेर जित्ने सुत्रलाई कहिल्यै पनि आत्मसात गर्दैनौँ र हामी नियम भित्रै खेलेर जित्छौँ, जित्नका लागि मात्र नियम परिवर्तन पनि गर्दैनौँ । उहाँले आफ्नो विचार यसरी राख्नुभएको छ ।
काठमाडौँ जिल्लाको सहकारी अभियानमा एलाइन्सको माध्यमबाट यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न