बजेट निर्माण शुरु, सहकारी बजेट निर्माण गर्न समिति गठन


काठमाडौं, फागुन १८ । आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्ने काम शुरु भएको छ । बजेट निर्माणका क्रममा सहकारीलाई चाहिने कार्यक्रम प्रस्तुत गर्न एक समिति गठन भएको छ ।
सहकारी विकास बोर्डले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने सहकारी सम्बन्धी कार्यक्रमबारे सुझाव दिन सात सदस्यीय समिति गठन गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा राष्ट्रिय सहकारी विकास बोर्डको कार्यकारी समितिको शुक्रबार ललितपुरमा बसेको ७२ औं बैठकले बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
समितिमा बोर्डका सदस्यसचिव प्रसन्न कुमार कोइराला, सहकारी आन्दोलनका अगुवा दिपकप्रकाश बाँस्कोटा तथा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सहकारी विभाग र सहकारी आन्दोलनका एक एक जना प्रतिनिधि सदस्य छन् ।
समितिले युवालाई स्वदेशभित्रै रोजगारीका अवसर प्रदान गरी उत्पादन बढाएर व्यापार घाटा कम गर्ने सम्बन्धमा सहकारी क्षेत्रमा के कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सुझाव दिने छ । सहकारीको क्षेत्रमा बचत भएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
अर्बौ रुपैयाँको बचतलाई स्थानीयस्तरमा उत्पादनशील क्षेत्रमा कसरी परिचालन गर्ने भन्ने बारेमा समितिले सुझाव दिने छ । त्यही सुझावका आधारमा आगामी आर्थिक वर्षको कार्यक्रम तय गरिने राष्ट्रिय सहकारी विकास बोर्डले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक