जिल्ला सहकारी संघका पदाधिकारीलाई सम्मान
काठमाडौं, फागुन १८ । काठमाडौं जिल्ला सहकारी संघका पदाधिकारीहरु सम्मानीत भएका छन् । हालै निर्वाचित भएका नयाँ नेतृत्वलाई मिडिया इन्टरनेशनलले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सो अवसरमा बोल्ने पदाधिकारीहरुले काठमाडौं जिल्लामा सहकारीको चुनौती बढी नै रहेको र त्यसलाई सहजै ढंगले व्यवस्थापन गर्ने बताएका छन् ।