सरकार र संचालकबाटै सहकारी व्यवस्थापनको खाँचो


काठमाडौं, फागुन १८ । सहकारी क्षेत्र देशको अर्थतन्त्रमा एउटा खम्बा भएको भन्दै यसलाई थप व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउनुपर्ने खाँचो सम्बद्ध विज्ञहरुले औंल्याएका छन् ।

??????????

काठमाडौं जिल्ला सहकारी संघका नवनिर्वाचत पदाधिकारीहरुलाई स्वागत गर्न मिडिया इन्टरनेश्नलले आयोजना गरेको एक अतक्र्रिया कार्यक्रममा वक्ताहरुले सहकारीको खम्बाविना मुलुकको अर्थतन्त्र उकास्न नसकिने टिप्पणी गरे । सो कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले नवनिर्वाचित टिमले राज्यका संयन्त्रदेखि स्रोत साधनको भरपुर प्रयोग गरेर सहकारीको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । अर्थतन्त्रमा सघाउ पुर्याउन सहकारीहरुले ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ नाराका साथ अघि बढ्ने जानकारी पनि बडालले दिए । त्यस्तै राष्ट्रिय सहकारी बैंकका प्रवन्धक केबी उप्रेतीले काठमाडौं जिल्ला सहकारी संघमा थुप्रै चुनौतिहरु रहेको टिप्पणी गर्दै नवनिर्वाचित टीमले ति चुनौतिहरु चिर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । देशको अर्थतन्त्रमा सहकारी एउटा खम्बा भए पनि नीति निर्माणमा सहकारीलाई निजी क्षेत्रकै अंगका रुपमा हेरिएको उप्रेतिले उल्लेख गरे ।

sammanकाठमाडौं जिल्ला सहकारी संघका नवनिर्वाचित अध्यक्ष टेकप्रसाद चौलागाइँले सहकारीमा विद्यमान चुनौति र अविश्वासलाई छिचोल्दै संघको विकासमा उदाहरणीय बन्ने प्रयत्नमा आफू रहने प्रतिबद्धता जनाए । राष्ट्रिय सहकारी बोर्डका संचालक दक्ष पौडेलले काठमाडौं जिल्ला सहकारी संघले अन्य जिल्ला सहकारी संघहरुलाई पनि अर्थतन्त्रमा राम्रो उदाहरणीय योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेफस्कुनका नानीबाबु बुढाथोकीले सहकारीमा लगाइएको ट्याक्स हटाइनुपर्ने बताए ।

आम नागरिकको जीवनस्तर उकास्न सहकारीको भूमिकाले नै महत्वपूर्ण योगदान पुर्याएको उनीहरुको भनाई छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक