माहुुरीको कृत्रिम रानुु उत्पादन तालिम


दाङ, फागुुन १८ । दाङको घोराहीस्थित अम्विकेश्वरी माहुुरीपालन सहकारी संस्थाको आयोजना तथा जिआइजेट इन्कुुलुुडको आर्थिक सहयोगमा दुुई हप्ते गुुणस्तरीय माहुुरीको कृत्रिम रानुु उत्पादनसम्बन्धी तालिम सम्पन्न भएको छ ।

फागुुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन भएको उक्त तालिममा माहुुरीको गुनस्तरीय कृत्रिम रानु उत्पादन कसरी गर्न सकिन्छ, सहकारीमार्फत माहुुरीपालन व्यवसायलाई कसरी व्यवस्थीत गर्न सकिन्छ र यो व्यवसायलाईसफल कसरी बनाउन सकिन्छ भन्ने विभिन्न विषयमा जानकारी दिइएको थियो । २० जना सहभागी भएको तालिमको प्रशिक्षमहरुमा माहुरीपालन व्यवसायी, हरिबहादुुर वहकरी र शोभाकर पाण्डेले विषयगत प्रशिक्षण दिनुुभएको थियो ।

तालिम समापन कार्यक्रममा कृष्णप्रसाद न्यौपाने, अम्विका भुुसाल, किशोर पाण्डे, अम्विकेश्वरी माहुुरीपालन सहकारी संस्थाका अध्यक्ष मिनराज घिमिरे, कोषाध्यक्ष वेगमबहादुुर भण्डारीलगायतले दाङको माहुुरी पालन व्यवसायको अवस्था, सहकारी संस्थाहरुको भूमिका विषयमा जानकारी दिनुुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध