मोरङका १२ सहकारी खारेज,४० सहकारी संस्था खारेजीको प्रक्रियामा


मोरङ, फागुन १९ । मोरङका १२ सहकारी खारेज भएका छन् । लगातार दुई वर्षसम्म निश्क्रिय रहेका सहकारी खारेज भएका हुन् ।
डिभिजन सहकारी कार्यालय मोरङका अनुसार लगातार दुई वर्षसम्म कारोकार नगरेका सहकारीको खारेज गरिएको हो । कार्यालयका अनुसार साधारणसभा र लेखापरीक्षण नगर्ने तथा सहकारी ऐनअनुसार सहकारी कार्यालयमा प्रतिवेदन नपठाउने गरेकाले ती संस्था खारेज गरिएको सहकारी अधिकृत दिलशेर राईले जानकारी दिनुभयो ।
खारेज हुनेमा सिर्जनशील बहुद्दउेश्यीय सहकारी संस्था विराटनगर, दीर्घायु बचत तथा ऋण सहकारी संस्था झोराहाट, हिमालय बहुद्दउेश्यीय सहकारी संस्था होक्लाबारी, परोपकार सहकारी संस्था बेलबारी, नवनिर्माण वचत तथा ऋण सहकारी संस्था विराटनगर, नयाँ जनसेवा उपभोक्ता सहकारी संस्था पथरी शनिश्चरे छन् ।
सक्षम नारी वचत तथा ऋण सहकारी संस्था कटहरी, हरकपुर कृषि सहकारी संस्था वरवन, आमतोला बचत ऋण सहकारी संस्था रङ्गेली, उपभोक्ता वचत तथा सहकारी संस्था उर्लाबारी ज्योतिलिङ्ग नारी वचत तथा ऋण सहकारी संस्था हात्ती मुडा र दिया बचत तथा ऋण सहकारी संस्था रङ्गेलीको दर्ता खारेज गरिएको सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख दीलशेर राईले बताउनुभयो ।
त्यस्तै ४० सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय मोरङले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध