सहकारीले महिलालाई समाजिक नेतृत्वमा ः सहकारीकर्मीहरु


उदय बोहरा
दाङ, १९ फागुन । अहिले धेरै सहकारी संस्थाहरुमा महिलाहरु संलग्न रहेको र उनीहरुलाई सहकारीले समाजमा सशक्तिकरण गर्न सहयोग गरेको सहकारीकर्मीहरुले बताएका छन् ।
१०५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा मंगलवार दाङको घोराहीमा आयोजित ‘महिला शसक्तिकरणमा सहकारीको भुमिका’ विषयक अन्तत्र्रिmयामा बोल्ने सहकारीकर्मीहरुले सहकारीमा आबद्ध महिलाहरुले सहकारीमा आवद्ध भएपछि सामाजिक नेतृत्वमा पुग्न सफल भएको बताए । महिला बिकास कार्यालय दाङको आयोजनामा भएको कार्यक्रममा उनीहरुले महिलाहरुले घरभित्रको सिमिततालाई अन्त्य गर्दै आर्थिकरुपमा सक्षम र सामाजिक नेतृत्वमा पुगेको बताएका हुन् । कार्यक्रममा गढिटाकुरा महिला बचत ऋण सहकारी संस्था हापुरका अध्यक्ष रुक्मीणा न्यौपानेले सहकारीमा आबद्ध भएपछि पैसा बचत गर्ने वानीको बिकास भएको र सामाजिक संघसंस्थाहरुको नेतृत्वमा पुग्न सकेको बताउनुभयो । बचतले महिलाहरुलाई आत्मनिर्भर बनाएको भन्दै न्यौपानले पछिल्लो समयमा महिलाहरु सहकारीमा थप आकर्षित बन्दै गएको पनि बताउनुभयो । जानकी महिला बचत ऋण सहकारी संस्था राजपुरकी अध्यक्ष धनपति यादबले सहकारीले बचत, ऋण प्रबाह, वाल अधिकार, मदिरा नियन्त्रण, साक्षरता कक्षा, लैङगिक समानताका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।
महिला तथा बालबालिका कार्यालयले प्रत्येक गाबिसमा गठन गरेका महिला सहकारीहरुले हिंसा प्रभावित महिलाहरुलाई न्याय दिन पनि अग्रसर बन्दै गएको यादबले बताउनुभयो । कार्यक्रममा एक दर्जन सहकारी संस्थाका प्रतिनिधिहरुले सहकारी मार्फत आर्थीक बिकास सँगै सामाजिक नेतृत्वमा पहुँच बढाएको बताएका थिए । कार्यक्रममा बोल्ने केही सहकारीकर्मी महिलाहरुले महिला माथीको हिंसालाई आर्थीक लेनदेनमा मिलापत्र गर्ने गरिएको भन्दै आपत्ति जनाएका थिए । कार्यक्रममा बोल्ने विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुले सहकारीले महिलाहरुमा धेरै परिबर्तन ल्याएको भन्दै ज्ञान, सिप र लगानीमा सरकारले थप सहयोग गर्नुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवस र सहकारीमा महिलाहरुको आबद्धताका बिषयमा महिला विकास अधिकृत बिना श्रेष्ठले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण कार्यालयकी मोती बिश्वकर्माले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न