ठूला सहकारीको अनुगमनमा कडाई, विभागद्वारा पाँच सहकारीको सघन अनुगमन


काठमाडौं, फागुन २१ । सहकारी विभागले ठूला सहकारीको अनुगमनमा कडाई गरेको छ । ठूला सहकारी समस्यामा परे धेरैलाई समस्या निम्ताउने भएकाले सहकारीको सहकारी विभागले अनुमगनमा कडाई गरेको जनाएको छ ।
विभागले आर्थिक वर्ष २०७०/७१ मा पाँच सय वटा ठूला सहकारीको सघन अनुगमन गरेको छ। विभागको काठमाडौ उपत्यकाभित्र २ सय ७० वटा बचत तथा ऋण सहकारी संस्थाको सघन अनुगमन गर्ने लक्ष्य राखे पनि १ सय १ वटा त्यस्ता सहकारीको अनुगमन गरेको छ।
विभागले पाँच करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने बचत तथा ऋण सहकारीको अनुगमन गरेको हो। सहकारी क्षेत्रको सुशासनमा सुधार ल्याउन ठूला सहकारीको अनुगमन गरेको विभागले जनाएको छ। ५ करोड रूपयिाँंभन्दा माथिको आर्थिक कारोबार गर्ने सहकारी साढे ७ सयको हाराहारीमा रहेका छन्। यस्ता ठूला प्रकृतिका सहकारी संस्थाको अनुगमन विभाग आफंैले गर्छ। अधिकांश सहकारीले तोकिएको सिमाभन्दा माथि आर्थिक कारोबार गर्ने गरेकाले विभागले यसरी अनुगमन तीव्र बनाएको हो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न