कमिरेचौर महिला सहकारीको साधारणसभा


-उदय बोहरा-

दाङ, २७ फागुुन । दाङको कमिरेचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. काभे्रको सातौ साधारणसभा काभे्रमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रत्नलक्ष्मी थापाको अध्यक्षता तथा महिला तथा बालवालिका कार्यालय दाङका शान्ता शर्माको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो ।
सो अवसरमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी थापा, प्रगति प्रतिवेदन खीमा पौडेल र वार्षिक कार्ययोजना खिमा पुनले प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा संस्थाले संस्थापक अध्यक्ष पुनी गिरी, संस्थापक सदस्य बिनु बिक, सहयोगी समाजसेवी हिमलाल गिरी, लेखा ब्यवस्थापनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने लेखा संयोजक खिमा पुन, लेखा तथा प्रशासनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने शान्ता शर्मालाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेपाली काँगे्रसका केदार पौडेल, नेकपा एमालेका दामोदर खड्का, एमाओवादीका चुणमणी नेपाली, समाजसेवी खुमप्रसाद, सहकर्मी समाजका ज्ञानु केसी, संस्थाका संस्थापक अध्यक्ष पुनी गिरी लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण लेखा समितिका सदस्य द्रोपदा न्यौपानेले गर्नुभएको थियो ।
यसैबिच १०५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काभे्र गाविसको कमिरेचौरमा एक कार्यक्रम गरी दिवस मनाइएको छ । काभे्र गाविस र सामुदायिक वन उपभोक्ता महासंघ दाङको सहयोग एवं कमिरेचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था र सहकर्मी समाज मूल समितिको आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो ।
सहकर्मी समाजका अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलालाई समान अधिकार प्रदान गर्नका निमित्त गाउँस्तरबाट अझै सचेतना कार्यक्रम गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा कमिरेचौर महिला विकास बचत तथा ऋण सहकारी संस्था काभे्रका अध्यक्ष रत्नलक्ष्मी थापा लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक