चन्द्रसूर्यको ‘रणनीतिक योजना तर्जुमा


काठमाडौं, फागुन २७ । ललितपुर स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था (साकोस)को तीन वर्षिय रणनीतिक योजना तर्जुमा गोष्ठि सम्पन्न भएको छ ।
२२ देखि २४ सम्म भएको गोष्ठिमा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारीको उपस्थित रहेको थियो । आगामी तीन वर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा छलफल भएको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताए ।
गोष्ठिमा संस्थाका सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणलाई मध्येनजर गर्दै ११ बुँदा नियमानली तथा कार्यविधी र निर्देशिकासंशोधन तथा थप गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले बताए । त्यस्तै संस्थाले सदस्यता विस्तार, शेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षामा जोड दिने उनको भनाई थियो । संस्थाले स्थानीय स्तरको टिपिकल उद्योग व्यवसाय धरासायी हुनबाट बचाइ यसको बैज्ञानीकीकरणमा सहयोग गर्ने, योजना मार्फत सामाजिक कार्य र सदस्य शिक्षामा जोड दिने, स्थानीय पाठ्यक्रम अनुसार सहकारी शिक्षामा जोड दिने लगायतका तीन वर्षिय रणनीतिमा राखेको छ ।
चन्द्रसूर्य सहकारी समुदाय र सदस्यकेन्द्रीत सहकारी हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध
पर्यटन सहकारी प्रवद्र्धन सम्बन्धी रणनैतिक योजना निर्माण