फस्टाउँदो सहकारी, वढ्दो ठगी


-ज्ञानमणि कालोटोपी-

पछिल्लो एक दशक यता नेपालमा वित्तीय कारोबार गर्ने संस्थाहरुको संख्या ह्वात्तै वढेको छ । वर्षा यामको च्याउ सरी उम्रिएका वित्तीय संस्था मध्ये पनि विशेष गरि सहकारीको संख्या उल्लेख्य रुपमा वढेको छ । बढिरहेको बेरोजगार युवाहरुको भीडमा यस्ता सहकारी संस्थाहरु खुलेर उनीहरुलाई रोजगारी तर्फ अभिपे्ररित गराउनु अर्थात् भनौं बेरोजगार युवाहरुलाई सहकारी संस्थाहरु प्रति परिचालन गराउनुलाई सकारात्मक रुपमा नै लिनु पर्ने हुन्छ । यसलाई सहकारी संस्थाहरुको असल पक्ष नै मानिन्छ , यो पक्कै पनि राम्रो कुरा हो । तर संख्यात्मक रुपमा सहकारी संस्थाहरु वढे सँगै यिनीहरु भित्र हुने गरेका अनियमितता र ठगिलाई केलाउने हो भने लाग्छ , सहकारी संस्थाले रोजगारीका नाउँमा सर्वसाधारण ठगिलाई प्रसय दिंदैं आफ्नो भकारी पो भरेका छन् कि !
गएको एकदशक यता देशभर सहकारी विभाग अन्र्तगत डिभिजन सहकारी कार्यालयमा प्रक्रिया पु¥याएर खोलिएका सहकारीहरुको संख्या २९ हजार ५ सय छ । यो अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हो । अहिले सम्म आईपुग्दा यो संख्या ३० हजार भन्दा वढि भइसकेको छ । यी संस्थाहरुमा करिव ४० हजार युवा युवतीहरुले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । झण्डै ५ लाख भन्दा वढीले अप्रत्यक्ष फाइदा पनि लिएका छन् । यो राम्रो कुरा नै हो ।
यस मध्ये सवै आर्थिक कारोवार गर्ने उद्देश्यले खोलिएका भने पक्कै होइनन् । कतिपय संस्थाहरु किसानलाई सहुलियतमा मल र विउ उपलब्ध गराउने उद्देश्यले खोलिएका छन् त कुनै संस्थाहरु दुध र तरकारी संकलन र विक्रि वितरण गराउनका खातिर खोलिएका छन् । यिनीहरुमा संलग्न मध्ये धेरै जसोले केहि न केहि फाइदा पाएकै देखिन्छ । अधिकांसहरुले सर्वसाधारणलाई सेवा पनि दिईरहेका छन् । यो सहकारीको सकारात्मक पक्ष हो । सहकारी मध्ये नै केहि यस्ता संस्थाहरु पनि भेटिएका छन् । जसले सहकारीको नाममा बदनाम मात्रै गरेका छैनन् , सर्वसाधारणमा विश्वास पनि गुमाएका छन् । विशेष गरि वचत तथा ऋण सहकारीहरुले पछिल्ला दिनहरुमा आफ्नो विश्वास गुमाउने क्रम वढ्दो छ । अझ अवैध रुपमा खोलिएका ढुकुटीहरुको त कुरै नगरौं ।
काभे्रका राजन गिरिले राजधानीको न्युरोडमा रहेको एक सहकारी संस्थामा १८ प्रतिशत वार्षिक व्याजदरमा २ लाख रुपयाँ मुद्दती खातामा जम्मा गरेका थिए । मुद्दती खाताको म्याद सकिए पछि आफ्नो निक्षेप रकम फिर्ता लिन जाँदा अहिले उक्त सहकारी नै बन्द भएको रहेछ । पहिले सहकारीको अफिस रहेको उक्त घरबाट अहिले सहकारी उठेर फरार भइसकेछ । त्यहाँ त अरुकै कपडा गोदाम पो रहेछ । यो देखेर मुर्छा परेका उनी पछिल्ला दिनहरुमा अदालतको ढोका चाहार्न बाध्य छन् । उनको उक्त रकम फिर्ता होला की नहोला अहिले नै यसै भन्न सकिंदैन । व्याजको लोभमा सावाँ पनि गुमाएका उनी जस्ता थुपै्र सर्वसाधारणहरु अहिले पीडित मात्र भएका छैनन् , भुँईंमा खसेको टिप्न खोज्दा खल्तीको पनि खसेर हराएका जस्तै भएका छन् ।
पछिल्लो एक तथ्याङ्क अनुशार यतिखेर सर्वसाधारणले सहकारीमा जम्मा गरेको करिव १२ अर्व रुपयाँ निक्षेप पुर्णरुपमा जोखिममा छ । जसमध्ये १० अर्व सावाँ र २ अर्व व्याज हुन आउँछ । दर्ता भएका ३० हजार भन्दा वढी सहकारी संस्था मध्ये १ सय ३० वटा संस्था पूर्ण रुपमा समस्यामा छन् । यी संस्थाहरुमा खाता खोलेर निक्षेप संकलन गरेका ७ हजार भन्दा वढी सर्वसाधारणहरुको वचत पूर्ण रुपमा जोखिममा छ । सर्वसाधारणको पसिनाले आर्जित यति धेरै रकम जोखिममा पुगेपछि सरकारले हालै मात्र एक छानविन समिती गठन गरेको छ । समितीमा ३ जना सदस्य रहेका छन् । यसरी सर्वसाधारणलाई ठगि गर्ने सहकारीहरुलाई सरकार कारबाहि गर्न तयार रहेको समितीका अध्यक्ष सिताराम पहरीले बताउनुभएको छ । तर सर्वसाधारणहरु भने अन्योलमा छन् । अबको केहि समय भित्रै सर्वसाधारण ठग्ने सहकारीको संख्या यकिन गरेर कारबाहि अगाडि बढाइने उहाँको भनाई थियो । यसो भनिएको पनि धेरै समय भइसकेको र भने अनुशार काम नभएकाले सर्वसाधारण यो कुरा मान्न तयार छैनन् ।
जनताले सहकारी संस्थाहरु प्रति विश्वास गर्ने आधार हराउँदै गएकोमा राष्ट्रिय सहकारी संघका केन्द्रिय अध्यक्ष केशव वढाल आफैं चिन्तित हुनुहुन्छ । आगामि दिनमा सत्य–तथ्य पत्ता लगाई ठगि गर्ने सहकारी संस्थाहरुलाई कारबाहिको दायरामा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको पनि धेरै समय भइसक्यो । सरकारले प्रतिबद्धता व्यक्त गरेपनि सर्वसाधारणहरु भने सरकारको भनाईमा विश्वस्त छैनन् । जनता ठग्ने सहकारीलाई कारबाहि गरि जनताको ठगिएको रकमको जिम्मेवार सरकारले नै लिनु पर्ने सर्वसाधारणको माग छ । सहकारीहरुबाट ऋण लिंदा धेरै धितो राख्नु पर्छ तर जनताको रकम सुरक्षित रहन्छ भनेर सहकारीहरुले कुनै विश्वास जनतालाई नदिइने गरिंदा उनीहरु यसरी ठगिने क्रम वढेको छ ।
सरकार कुनै निश्चित मापदण्ड पनि पुरा नगराइ सहकारी संस्थाहरु खोल्ने अनुमती दिन्छ । न्युनतम २५ जना सदस्यहरुको हस्ताक्षर भएमा कुनै पनि सहकारीले मान्यता पाउँछ । यसमा यति नै पूँजी जम्मा गर्नु पर्ने भन्ने कुनै निश्चितता छैन । यसरी खोलिएका सहकारीहरुले शुरु–शुरुमा सर्वसाधारणहरुको मन जित्न राम्रै काम गरेका हुन्छन् । व्याज पनि राम्रै दिन्छन् । विस्तारै संस्थामा रकम जम्मा हुन थाले पछि कसरी भाग्ने भनेर दाउ हेर्छन् । सरकार मुकदर्शक , व्यवसायी भागेको भाग्यै । पीडित चाहिं सर्वसाधारण , यस्तो अवस्था पछिल्लो केहि वर्ष यता सामान्य जस्तै भइसकेको छ । सर्वसाधारणहरुको डुबेको रकम फिर्ता आउने सम्भावना त ज्यादै न्युन छ अझ यस्ता सहकारीहरु खुल्ने प्रतिश्पर्धा पनि छदैंछ ।
हाम्रो जस्तो बेरोजगारी वढेको र अल्पविकसित राष्ट्रमा सहकारीको अवधारण अनुसार मापदण्ड पु¥याएर यस्ता संस्थाहरु खुल्नु राम्रो हो । केहि संस्थाहरुले धेरै युवाहरुलाई रोजगारी पनि दिएका छन् । उनीहरुले सर्वसाधारणका लागि रामै्र काम गरेका उदाहरण पनि छन् । सबै सहकारीहरु त्यस्ता गलत मान्यता बोकेका पनि छैनन् । धेरैजसोले इमान्दारीताका साथ आर्थिक कारोबार पनि गर्दै आएका छन् , जनताको विश्वास पनि जितेका छन् । उनीहरुले यस्ता ठगिका सहकारीहरुको कुरा सुन्दा विश्वास नगर्न पनि सक्छन् तर सर्वसाधारणहरु भुक्तभोगि भएका छन् । त्यस्ता सहकारीलाई खोल्ने इजाजत दिएर सरकारले नै जनता ठग्ने बाटो खोलिदिएको पीडितहरुको गुनासो छ ।
सहकारी नितीमा नै परिर्वतन गरि आगामि दिनमा संख्यात्मक रुपमा धेरै खोल्नु भन्दा पनि गुणात्मक पक्षमा बलिया भएका तर थोरै भएपनि विश्वासिला सहकारी संचालन गर्न सरकारले रचनात्मक भुमिका खेल्नु अहिलेको जल्दो–बल्दो आवश्यकता हो । सर्वसाधारणहरुले पनि आफ्नो पसिनाबाट सिर्जित रुपयाँ जम्मा गर्नु भन्दा पहिले धेरै सोच विचार गर्नु आवश्यक छ । हचुवाको भरमा र कुनै कुरै नबुझि पैसा जम्मा गर्दा पछि आफैं पछुताउनु पर्ने पो हो कि भनेर विचार गर्ने हो भने यस्ता समस्याहरु नआउन पनि सक्छन् । सहकारी नराम्रो होइन तर चलाउनेहरुले नराम्रो गरिदिनाले हामीलाई अव सहकारी भनेको ठगि खाने संस्था हो भन्ने भ्रम परिसकेको छ । सर्वसाधारणमा परेको यो भ्रम चिर्न र आफ्नो धमिलिएको छवी सुर्धान अव सहकारी संस्थाहरुले पनि रचनात्मक भुमिका खेल्नै पर्छ । नराम्रो गर्नेलाई उनीहरुले नै कारबाहि अगाडि वढाउनै पर्छ । अनि मात्र सर्वसाधारणको विश्वास जित्न सहकारी संस्थाहरु सक्षम हुने छन् । यसमा दुइमत छैन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक