ऋण व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं, फागुन २७ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ(नेफ्स्कून) चाबहिल फिल्ड कार्यालयको आयोजनामा तीनदिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
ऋण व्यवस्थापन तालिममा १८ वटा सहकारीहरुबाट २५ जना प्रतिनिधिहरुको सहभागिता का रहेको थियो । तालिममा सहभागीहरुले तालिमबाट ऋण व्यवस्थापन गर्न सकिने बताएका थिए ।