५८ औं सहकारी दिवसको तयारी तीर्व, दिवसको अवसरमा साताव्यापी कार्यक्रम गरिने


Rastriya-Sahakari-sangकाठमाडौं, फागुन २७ । चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । आउँदो चैत्र २० गतेको ५८ औं सहकारी दिवसको अवसर पारेर देशभर साताव्यापी कार्यक्रम हुने भएको छ । कार्यक्रमको तयारीका लागि राष्ट्रिय सहकारी संघलगायत अन्य विभिन्न संघहरु क्रियाशील रहेका छन् ।
‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नाराका साय यस वर्षको ५८ औं सहकारी दिवस मनाउन थालिएको छ । दिवसको अवसरमा ¥याली, रक्तदान, अन्तरक्रिया, पुरस्कार, सम्मान, प्रभातफेरीलगायतका कार्यक्रम हुने भएका छन् ।

lalitpur
दिवसको तयारीका लागि काठमाडौं जिल्ला सहकारी संघको बुधबार बसको बैठककले विभिन्न कार्यक्रमको तय गरेको छ । जिल्ला संघ काठमाडौंले नारामा आधातिर भएर उच्च माध्यमिकस्तरीय निवन्ध प्रतियोगिता, दौड प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, वृद्वाश्रममा फलफल वितरण लगायतका कर्यक्रम गर्ने भएको छ ।
दिवसलाई व्यवस्थित गर्न संघले आइतबार दिवस मूल समारोह आयोजक समिति र अन्य उपसमिति तय गर्ने भएको छ । समिति, उपसमिति गठन गर्दा जिल्लाका विभिन्न संघका दिासधकारी पनि मूल आयोजक समितिमा राख्ने तयारी गरेको छ।
त्यस्तै उता राष्ट्रिय सहकारी संघले केही दिनअघि देशभर भव्यताका साथ ५८ औं सहकारी दिवसम बनाउन आफ्ना मातहातका संघसंस्थाहरुलाई निर्देशन दिएको छ । सम्पूर्ण संघ÷संस्थाहरु, सहकारीकर्मीहरु तथा सरोकारवाला निकायहरु आपसमा समन्वय गरी स्थानीय स्रोत र साधनको परिचालन गर्दै दिवस भव्यताका साथ मनाउन संघले आब्हान गरेको हो । दिवसमा सत्साह र सक्रियातापूर्वक सहकारी र्याली, झाँकीहरुको प्रदर्शन, सहकारी क्षेत्रबाट अत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्रिवितरण, सहकारी निवन्ध÷कविता प्रतियोगितात्मक कार्यक्रम, अन्तरक्रिया, गोष्ठि, रक्तदान, सार्वजनिक स्थल सरसफाई, बृक्षारोपण जस्ता विविध कार्यक्रमहरु संचालन गर्न समेत आब्हान गरेको हो ।
दिवसले आम समुदायलाई सहकारीबारे जागरुक बनाउने, सरोकारवाला निकाय तथा राज्यलाई यसको महत्वबारे थप बोध गराउने तथा सहकारी अभियानप्रति सकारात्मक वातावरण बन्ने हुँदा दिवस पूर्ण सफल बनाउन सम्पूर्ण सहकारीकर्मीहरुको साझा दायित्व भएको संघले जनाएको छ ।

यसैबीच दिवसको तयारीका लागि ललितपुर जिल्ला सहकारी संघले अध्यक्ष माधव दुलालको अध्यक्षतामा १ सय ७३ सदस्य दिवस मूल आयोजक समिति गठन गरेको छ । त्यस्तै ९ वटा उपसमिति पनि गठन भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?