प्राईम सहकारीद्वारा आफ्नै भवनबाट कारोबार शुरु


पोखरा, फागुन २८ । प्राईम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट कारोबार शुरु गरेको छ ।
संस्थाले पाँचौ वाषिर्कोत्सव मनाउँदै नयाँ भवनको उद्घाटन समेत गरेको हो । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्राचार्य बद्रिनाथ अधिकारीले गैह्रापाटन भवनको उद्घाटन गर्नुभएको थियो ।संस्थाको भवनको उद्घाटन गर्दै अधिकारीले संस्थाको अझै प्रगतिको कामना गर्नुभयो पाँच वर्षमै आफ्नै भवनबाट कारोबार गर्नु चानचुने कुरो नभएको भन्दै प्राचार्य अधिकारीले भन्नुभयो– ‘शेयर सदस्य, साधारण सदस्यसँगै अन्य सामाजिक क्षेत्रलाई समेत रिझाएर यहाँसम्म आईपुग्नु पक्कै संस्थाको सफलताको रुपमा लिनुपर्छ ।’ संस्थालाई उत्पादनमुखि क्षेत्रमा लगानी विस्तार गरेर रोजगारीको सृजना गर्न उहाँले सुझाव दिनुभयो ।
त्यस्तै जिल्ला सहकारी संघका अध्यक्ष रविरमण अधिकारीले संस्थाबाट अरु सहकारीहरुले पनि सिक्नुपर्ने बताउनुभयो । ‘पाँच वर्षमै जुन सफलता प्राईम बचत तथा ऋण सहकारीले प्राप्त गरेको छ, यो सफलताको लागि अरु सहकारीले पनि मेहेनत गर्न जरुरी छ ।’ अधिकारीले भने, ‘त्यस्तै प्राईमले आफुसँगै अरु सहकारीको पनि सफलताको लागि सोच्नुपर्छ । आफु अगाडि बढ्नलाई आफुजस्तै अरु संस्थाहरु पनि सफल हुनुपर्ने कुरा प्राईम वचत तथा ऋण सहकारी संस्थाले भुल्न हुँदैन ।’
कास्की वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भीम गुरुङले प्रतिस्पर्धात्मक बजारमा संस्थालाई व्यवसायिक तवरले चलाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई शहरमुखी मात्रै नभई ग्रामिण क्षेत्रमुखी पनि बनाउनुपर्ने धारणा अगाडि सार्नुभयो ।

पाँचौ वाषिर्कोत्सवकै अवसर पारेर संस्थाले दुई जना सहकारीकर्मीहरुलाई सम्मान समेत गरेको छ । जिल्ला सहकारी संघका व्यवस्थापक भोजराज घिमिरे र सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका वरिष्ठ अधिकृत बालकृष्ण सुवेदीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
कुल शेयर पुँजी ४ करोड रुपैयाँ रहेको संस्थाले अहिलेसम्म ३६ करोड रुपैयाँ निक्षेप संलकन गर्दै ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्रमणी पौडेलले जानकारी दिए । पाँच सय जना शेयर सदस्य रहेको संस्थाले वगर र लेखनाथको तालचोकमा सेवा केन्द्र स्थापना गरि ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न