साढे दुई करोडमा सहकारी कम्प्लेक्स


काठमाडौं, फागुन २८ । माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड ४४ लाखमा माउण्ट धौलागिरी कम्प्लेक्स सञ्चालनमा ल्याएको छ ।
संस्थाका प्रबन्ध निर्देशक गोविन्द शर्माका अनुसार उक्त कम्लेक्सको एक तलाबाट सहकारीको कारोबार गर्ने र अरु सबै तला भाडामा लगाइने छ । संस्थाले भाडावापत २ लाख मासिक आम्दानी गर्ने छ । त्यस्तै ठूला कार्यक्रम गर्नका लागि संस्थाले माउण्टेन हल पनि स्थापना गरेको छ । हल प्रयोग गरेवाफत थप आम्दानी हुने संस्थाले जनाएको छ ।
संस्थाले आउँदो वैसाखदेखि उपभोक्ता भण्डार पनि सञ्चालन गर्ने तयारी गरेको छ । प्रबन्ध निर्देशक शर्माका अनुसार उपभोक्ता भण्डारमा सहकारीले उत्पादन गरेका वस्तु र दैनिक उपभोग्य वस्तुहरु राखिने छ । उपभोक्ता भण्डार संस्था आफैले सञ्चालनमा ल्याउन लागेको हो ।
उक्त कम्प्लेक्समा सहकारीका सदस्यहरुले नै माउण्ट फुडल्याण्ड सञ्चालनमा ल्याएका छन् । फुडल्याण्डमा संस्थाले १० लाख शेयर हालेको छ भने केही सदस्यहरुले फुडल्याण्ड सञ्चालनमा ल्याएका हुन् । कम्लेक्सका अन्य सटरहरु पनि भाडामा गईसकेका छन् ।

संस्थाले १५ औं वार्षिक साधारणसभा र कम्प्लेक्स उद्घाटन आउँदो फागुन ३० गते शनिबार गर्ने जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डा. रामशरणमहत लगायत अतिथिी आउने लगभग तय भइसकेको छ ।
संस्थाले ढुुंगेधारा अन्नपुर्ण चोकमा अवस्थित कम्लेक्सबाट मंसिर २४ गतेदेखि कारोबार शुरु गरीसकेको छ । यसअघि संस्था बालाजुचोकमा भाडामा बसेर कारोबार गर्दै आएको थियो ।
संस्थाले आफ्ना सदस्यसँग कारोबारसँगै अन्यलाई पनि रमेट्यान्स सेवा दिइरहेको छ । प्रबन्ध निर्देशक शर्माका अनुसार संस्थाले विगत चार वर्षअघिदेखि आइएमई, प्रभु, हिमाल, वेस्टन, मनीग्रामका रेमिट्यान्स सेवाहरु दिइरहेको बताउनुभयो ।
सहकारीले वार्षिक २५ करोडको कारोबार गर्दै आएको छ । संस्थाका ६ सय २९ सदस्य रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न