किसान आयोग गठनका लागि सर्वोच्चमा रिट दायर


काठमाडौं, फागुन २९ । किसानहरुको हक अधिकारको सुनिश्चितताका लागि किसान आयोग गठनको माग गर्दे आज शुक्रवार सर्वोच्च अदालतमा रिट दायर भएको छ । दायर रिटको पेशी अगामी चैत्र २ गतेका लागि तोकिएको छ ।

नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) को सक्रियतामा अधिवक्ता सुनिलरञ्जन सिंहले किसान आयोग गठनको माग गर्दे आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

दायर रिटमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, कानून न्याय संविधानसभा तथा संसदीय मामिला मन्त्रालय र व्यवस्थापिका संसद सचिवालयलाई बिपक्षी बनाइएको छ ।

नेपालको अन्तरिम संविधानको धारा १५४ अनुसार हालसम्म किसानहरुको लागी किसान आयोगको लागी कानून नबनाई किसान आयोग गठन नगरी नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावना, धारा १२, १३, १३ (३),१६, २१ र १५४ को उपचारको अरु कुनै वैकल्पिक बाटो नभएर माथी उल्लेखित प्रस्तावना, धाराहरु प्रचलनार्थ र ऐ.संविधानको धारा ३२ को उपरार्थको लागी ऐ.संविधानको धारा १०७ (२) अनुसार सार्वजनिक सरोकारको रिट दायर गरिएको अधिवक्ता सुनिल रञ्जन सिंहले जानकारी दिनुभयो ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा १५४ मा किसान आयोग सम्बन्धि कानून निर्माण गरी किसान आयोग गठन गर्नु पर्ने व्यवस्थालाई विपक्षीहरुबाट हालसम्म कुनै पनि कार्य अगाडी नबढाएकाले नेपाल कृषि प्रतिष्ठानको पहलदकमीमा अधिवक्त सुनिल रञ्जन सिंहले आज शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको प्रतिष्ठानका सदस्य पवन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले संविधानको धारा १५४ मा व्यवस्था भए अनुसारको किसान आयोगको कानुन निर्माण गरी किसान आयोग चाडै गठन गर्नु गराउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी सहति नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२ समेतको उपरार्थ ऐ.संविधानको धारा १०७ (२) अनुसार व्यक्तिगत तथा सार्वजनिक हक अधिकारको सुनिश्चितको लागी सार्वजनिक सरोकारको रीट दायर गरिएको जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतबाटै मधेशी आयोग सम्बन्धि कानून निर्माण र आयोग गठन गर्ने सम्बन्धी दायर गरेको रिट विपक्षीहरुको नाममा मिति २०७१।११।२५ गते परमादेश जारी भएको र नेपालको अन्तरिम संविधानको धारा १५४ को आधारमा उक्त रिट निवेदन जारी भएको अवस्थामा किसान आयोग गठनको रीट पनि सोही धारा १५४ अनुसार जारी हुन योग्य रहेको अधिवक्ता सुनिल रञ्जन सिंहको दाबी छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने