सहकारीमार्फत आर्थिक सशक्तीकरण र सामाजिक न्याय स्थापित गर्न सकिने


हेटौडा फागुन २९ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का महासचिव सहकारीमार्फत आर्थिक सशक्तीकरण र सामाजिक न्याय स्थापित गर्न सकिने बताउनुभयो । आज मकवानपुरको हेटौडामा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) को जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आरम्भ गर्दै उक्त कुरा बताउनुभएको हो । बचत तथा ऋण सहकारी अभियानले मुलुकको वित्तिय समावेशीकरणमा महत्वपूर्ण योगदान पुगिरहेको बताउदै पौड्यालले बचत तथा ऋण सहकारीको योगदानको सम्मान र प्रभावकारी नियमनका लागि छुट्टै ऐनको बहशपैरवी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रि लम्सालले सहकारी अभियानको योगदान र आवश्यकतालाई महशुश गर्दै सहकारी ऐनको परिमार्जन भइरहेको बताउनुभयो । सहकारीहरु स्वनियन्त्रित र स्वनियमित अभ्यास भएकोले अभियन्ताहरु सहकारीको सुद्धीकरण र गुणात्मक विकासमा गम्भिर हुनुपर्ने लम्सालले बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सञ्चालकद्वय कृष्ण पौडेल र दीपक पनेरु, डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भिमबहादुर परियार, सहकारीकर्मीहरु गुणबहादुर खनाल र मञ्जु थिङलगायतले बोल्नुभएको थियो ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राधा सिन्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कल्पना श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा प्रोवेशन सम्वन्धी कार्यपत्र नेफ्स्कूनका अधिकृत सञ्जयराज तिमल्सेनाले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाभरका उत्कृष्ट वीस संस्थाका साठी जनाको सहभागिता रहेको थियो । प्रोवेशन बचत तथा ऋण सहकारीको गुणस्तरीय सुनिश्चितताको राष्ट्रिय मापदण्ड हो । पांच सय सदस्य र तीन करोड कारोवारका बचत तथा ऋण सहकारीले यो मापदण्डका लागि आवेदन गर्न पाउछन । डेढ वर्षको अनवरण्त अनुगमन र तालीमपछि यो व्राण्डको परीक्षा हुने गर्दछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान