नेपाललाई सम्पन्नशील राष्ट्र बनाउन सहकारीमा लगानी आवश्यक अध्यक्ष वडाल


-उदय बोहरा-

दाङ,फागुुन २९ । राष्ट्रिय सहकारी संघका केन्द्रीय अध्यक्ष केशब बडालले देशमा गरीवी हटाइ आर्थिक सम्पन्नशील मुलक निर्माणका लागि सहकारीमा लगानी बढाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रसेवक सहकारी सस्था मध्यपश्चिमाञ्चल क्षेत्रिय भेलालाई दाङको घोराहीमा सम्वोधन गर्दै संघका अध्यक्ष बडालले सहकारीमा मार्फत छरियर रहेको पुजीलाई एकिकृत गर्दै देशको आर्थिक,सामाजीक,सास्कृतिक परिवर्तनमा लगाउनुपर्ने बताउनुभयो । ‘अहिले मुुलुुकको ठूलो समस्या गरीवी हो’, उहाँले भन्नुुभयोयसलाई निराकरण गर्नुपर्छ, जसका लागि सहकारीमा लगानी बढाउन जरुरी छ ।’
उहाँले गरिवीका कारण विश्वमा आर्थिक संकटमा परेका कयौ देशहरुले विकासको प्रमुख कारण सहकारी सस्थाहरुलाई लिएर अघिबढेकाले विकासमा अग्रता लिएको बडालले बताउनुभयो । देशमा रहेको आर्थिक संकटलाई हटाउनका लागि सरकार तीन खम्वे अर्थनीतिका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो ।
कसैको एक्लो प्रयासवाट देश विकास गर्न असम्भव भएको भन्दै पुर्वमन्त्री समेत रहनुभएका बडालले आर्थिक विकासका लागि सरकार,नीजि क्षेत्रका साथै सहकारी सस्था मार्फत विकास गर्न सकिने बताउनुभएको थियो । सहकारी सस्थाहरुमा बचत भएको रकमलाई उत्पादनशिल कार्यमा लगाउन सक्ने हो भने देशको आर्थिक विकासका साथै लाखौ जनशक्तिलाई रोजगारीको व्यवस्था समेत गर्न सकिने बताउनुभएको थियो । त्यसका लागि सहकारीहरु सहकारीको मुल्य मान्यताका आधारमा चल्न सक्नुपर्ने बताउनुभएको थियो । सहकारी सस्थाहरुमा बचत भएको रकमलाई सहि रुपमा उपयुक्त स्थानम परिचालन गर्न नसक्दा कतिपय सहकारी सस्थाहरु डुवेको समेत बडालले बताउनुभएको थियो । त्यस्तै नेता बडालले सहकारीहरुमा बचत भएको रकमलाई देशमा उत्पादन मुलक कार्यहरमा लगानुपर्ने बताउनुभएको थियो ।
त्यस्तै सहकारी विभागका प्रमुख तथा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष केदार प्रसाद पोख्रेलले देशको आर्थिक बिकासको मेरुदण्ड सहकारी भएको बताउनुभएको थियो । जनताहरुवाट संकलित रकमलाई सहकारी सस्थाहरुका माध्यमवाट देशको आर्थिक उत्पादनशिल कार्यमा लगाउन सकियो भने देशका आर्थिक विकास हुने बताउनुभएको थियो । त्यसका लागि समान उद्देश्य बोकेका सहकारी सस्थाहरुका विचमा मर्ज हुनुपर्ने बताउनुभएको थियो । अहिले केन्द्रमा समान उद्देश्य रहेका सहकारीहरु छरिएर भन्दा एकिकृत हुनुपर्ने आवश्यकता बढ्दै गएको देवकोटाले बताउनुभएको थियो । त्यसका लागि बिभागमा छलफल भैरहेको समेत बताउनुभएको थियो । सहकारी मार्फत देशको विकास गर्नका लागि देवकोटाले सहकारी सस्थाहरुमा बचत भएको रकमलाई आर्थिक विकासका साथै जलविद्युत,कृषि उत्पादनको क्षेत्रमा समेत बचत रकमलाई लगाउनु पर्ने बताउनुभएको थियो ।
राष्ट्र सेवक सहकारी सहकारी सस्था मध्यपश्चिमाञ्चल समन्वय समितिको आयोजना तथा निजामति कर्मचारी संघ जिल्ला कार्यसमिति दाङ र राष्ट्रसेवक सहकारी सस्था दाङको व्यवस्थापनमा आज शुक्रवार र शनिवार हुने भेलाको उद्घाटन सत्रमा बोल्ने अन्य बक्ताहरुले सहकारी सस्थाहरुको पुजीलाई सही आर्थिक बिकासका कार्यमा लगानुपर्ने बताएका थिए । त्यस्तै राज्य स्तरवाट सहकारी गुणात्मक विकासका लागि राज्यले तालिमको व्यवस्था समेत हुनुपर्ने बताउनुभएको थियो । राष्ट्रसेवक सहकारी सस्था मध्यपश्चिमाञ्चल समन्वय समितिका संयोजक रेवन्त गौतमको अध्यक्षतमा भएको कार्यक्रममा संविधानसभा सदस्य सारदा स्वर्णकार,नेकपा एमाले वैकल्पीक केन्द्रिय सदस्य मेटमणि चौधरी,नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सल्लाहकारद्धय गणेश बस्याल,भोलानाथ पोखे्रल,राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेल, प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेकपा एमाले जिल्ला कमिटि सदस्य सुरामणि बेलवासे,नेपाल निजामति कर्मचारी संगठनका महासचिव मोहनकुमार घिमिरे लगाएतकाले बोल्नुभएको थियो ।
राष्ट्रसेवक सहकारी संघ दाङका जिल्ला अध्यक्ष मुकुन्द भट्टराईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा सहभागिहरुलाई नेपाल निजामति कर्मचारी संघका जिल्ला अध्यक्ष गंगामणि शर्माले धन्यावाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण ज्ञानप्रसाद ज्ञवालीले गर्नुभएको थियो । भेलामा मध्यपश्चिमका १३ जिल्लाका राष्ट्रसेवक सहकारी सस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक