“दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र मध्यतराई सहकारी सरोकार समिति गठन


sahakari 2बारा, फागुन ३० ।  बहुचर्चित राष्ट्रिय गौरवका आयोजनाहरु प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण कार्य तत्काल अघि बढाउन मध्यतराईका सहकारीकर्मीहरुले मांग गरेका छन । आज निजगढमा आयोजित मध्यतराईका छ जिल्लाका सहकारीकर्मीहहरुको भेलाले उक्त मांग गरेका हुन र हालै सरकारले तारजाली लगाउन दिएको निर्र्देशनलाई स्वागत गर्दै निजगढमा ¥याली प्रदर्शनसमेत गरेका छन ।

भेलाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलको संयोजकत्वमा ५१ सदस्यीय सहकारी सरोकार समितिसमेत गठन गरेको छ । समितिमा सहसंयोजकहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्षहरु भोला गौतम (बारा), राजेश पण्डित (पर्सा), खडग बमजन (रौतहट), बाबुराम घिमिरे        (सर्लाही), कृष्ण सिंह (महोत्तरी) र ध्रुवनारायण यादव (धनुषा) रहेका छन । त्यसैगरी जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बर्तौला, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला मत्स्य उत्पादक सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत निजगढ नगरपालिकामा रहेका सबै सहकारी संस्थाका अध्यक्षहरु रहेका छन ।

कार्यक्रममा बारा निजगढ निवासी टेकप्रसाद चौलागाई काठमाण्डौं जिल्ला सहकारी संघका अध्यक्ष्ँमा निर्वाचित हुनुभएको जिल्लावासी सहकारीकर्मीहरुको तर्फबाट अभिनन्दन गरिएको छ । चौलागार्ईलाई नेफ्स्कून महासचिव परितोष पौड्याल, सञ्चालक कृष्ण पौडेल र जिल्ला अध्यक्ष कृष्ण पौडेलले अभिनन्दन गर्नु भएको हो ।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै नेफ्स्कूनका महासचिव परितोष पौड्यालले राष्ट्रिय गौरवका आयोजनाहरु, विकास निर्माण र सामाजिक न्यायमा सहकारीको सरोकारको विषय बनेको बताउदै पुरा गर्नका लागि राज्य र सरोकारवालासंग मांग गर्नुभयो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक दीपक पनेरु, अभिनन्दित व्यक्तित्व चौलागाई, सर्लाही जिल्ला संघका अध्यक्ष बाबुराम घिमिरे, गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, गौरीशंकर उच्च माविका प्राचार्य सुदर्शन कोइरालालगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण शालिकराम अधिकारीले गर्नभएको थियो ।

बारा जिल्लामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय बिमानस्थल प्राविधिक, वित्तिय एवम् अन्य हिसावले उपयुक्त रहेको विज्ञ, प्राविधिक तथा लगानीकर्ताहरुको धारणा रहेको छ । समथर भूभाग, पूर्व पश्चिम विस्तारित र ठुलो रनवेका कारण यसलाई नेपालको हवाई आवागमनको गन्तव्यको रुपमा मात्रै नभएर क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय ट्रान्जिट प्वाइन्ट बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेको संयोजक कृष्ण पौडेलले बताउनुभयो । तत्काल काठमाण्डौं र मध्यतराईकेन्द्रीत विभिन्न दवावमूलक कार्यक्रमको संयोजन गरिने सहसंयोजक भोला गौतमले बताउनुभयो ।

यस्तो छ, सहकारीकर्मीहरुको अपिलः

नेपालको मध्यतराईको केन्द्रभागमा रहेको बारा जिल्लामा क्रियाशिल जिल्लास्तरीय विषयगत सहकारी संघ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आह्वानमा यस जिल्लामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माणको सन्दर्भमा आयोजित मध्यतराईस्तरीय अन्तरक्रिया कार्यक्रममा आमन्त्रित अतिथिज्यूहरु, विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि मित्रहरु, सहभागी सहकारीकर्मी मित्रहरु, सञ्चारकर्मीज्यूहरु एवम् उपस्थित सबैलाई हार्दिक स्वागत गर्दछौं ।

समाजको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरणमा क्रियाशिल सहकारी क्षेत्रले विकास र न्यायका मुद्धाहरुलाई प्राथमिकतासाथ अघि बढाउनु जरुरी छ । सहकारी समाजको सबै तहतप्काका नागरिकहरुको प्रत्यक्ष भूमिकासंग जोडिएको आर्थिक सामाजिक संस्था भएको नाताले राष्ट्रिय तथा स्थानीय सवालहरुका सन्दर्भमा आवाजहरु उठाउनु आवश्यक ठानेका छौं ।

नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको आवश्यकता महशुश र चर्चाले धेरै वर्ष बिताएको छ । काठमाण्डौंमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलले अहिलेको आवश्यकतालाई धान्न नसक्ने र वैकल्पिक बिमानस्थल नहुंदाको समस्या केही दिनअघि टर्किस बिमान दुर्घटनाबाट सिर्जित संकट र अस्तव्यस्तता हामीले भोगेका छौं । बारा जिल्लामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय बिमानस्थल प्राविधिक, वित्तिय एवम् अन्य हिसावले उपयुक्त रहेको विज्ञ, प्राविधिक तथा लगानीकर्ताहरुको धारणा रहेको छ । समथर भूभाग, पूर्व पश्चिम विस्तारित र ठुलो रनवेका कारण यसलाई नेपालको हवाई आवागमनको गन्तव्यको रुपमा मात्रै नभएर क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय ट्रान्जिट प्वाइन्ट बनाउन सकिने प्रशस्त सम्भावनाहरु पनि रहेका छन ।

बहुचर्चित काठमाण्डौं जोडने द्रुतमार्ग (फास्टट्रयाक) को निर्माण पुरा गर्नु पनि मुलुकका लागि त्यतिकै अपरिहार्य छ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल र द्रुतमार्ग एक अर्काका परिपुरक पनि हुन । ट्रयाक खोल्ने काम भई सकेको अवस्थामा यसलाई पुरा गर्न सके स्थलमार्गबाट डेढ घण्टामा काठमाण्डौं पुग्न सकिने कारण अहिले भई रहेको असुविधा र खर्च धेरै हदसम्म कटौती हुने र विकासको दर तीव्रतर हुनेछ । आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्ज र ठुलो व्यापार नाका रक्सौलसंगको सामिप्यता थप फराकिलो बनाउन सकिनेछ । त्यसैगरी गढीमाई नगरपालिकाको सिमरा डुमरवानामा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज) निर्माण हुंदा सयौं उद्योग प्रतिष्ठानहरु स्थापना हुने जसबाट उत्पादन र रोजगारीलाई कयौं गुणा बढाउन सकिन्छ ।

राष्ट्रिय गौरव र महत्वका यी पूर्वाधारहरु बारा जिल्लाको मात्रै नभएर मध्यतराईका विशेष महत्वका विषयहरु हुन जसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रभाव, सम्वन्ध र विकासका नयां आयामहरु सिर्जना गर्नेछन । यी आयोजनाहरु पुरा भइरहदा समुदायको जीवनस्तरमा ठुलो परिवर्तन आउने, बेरोजगारी तथा गरीवी न्यूनीकरण हुने, होटल, पर्यटन सेवा, कृषिलगायत स्थानीय उत्पादन र व्यापारमा व्यापक वृद्धि भई आयात प्रतिस्थापनमासमेत टेवा पुग्नेछ ।

राष्ट्रिय अन्तरराष्ट्रिय आवश्यकतालाई आत्मसात गर्दै यी आयोजनाहरु निर्माणको ठोस प्रक्रिया तत्काल अघि बढाउन मध्यतराईका छ जिल्ला (बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा) का सहकारीकर्मीहरुको तर्फबाट नेपाल सरकारसंग जोडदार मांग गर्दछौं । यी मांगहरु तत्काल सम्वोधनका लागि आवश्यक शान्तिपूर्ण र रचनात्मक दवावका लागि जुटन सम्पूर्ण राजनीतिक दलहरु, सहकारी अभियान र समाजका सबै तहतप्कालाई हार्दिक अपिलसमेत गर्दछौं । यीनै कामहरुको सन्दर्भमा सहयोगी समन्वयकारी भूमिकाका लागि “दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र मध्यतराई सहकारी सरोकार समिति” समेत गठन प्रस्ताव गरेका छौं । यही संरचनामार्फत यहांहरुको भावना र सुझावअनुरुप अघि बढने र ती आयोजनाहरुको निर्णय र कार्यान्वयनमा सहयोग पु¥याउने प्रतिवद्धतासमेत जाहेर गर्दछौं ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने