सहकारीबाट आर्थिक विकास संभव–उपसभापति पौडेल


ram c 2काठमाडौं, फागुन ३० । नेपाली कांगे्रसका उपसभापति रामचन्द्र पौडेलले सहकारीबाट मात्रै आर्थिक विकास संभव भएको बताउनुभएको छ ।
माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै उपसभापति पौडेलले सहकारीबिना देशले आर्थिक उन्नती हाशिल गर्न नसक्ने बताउनुभयो । ‘सहकारीले हरेक क्षेत्रमा लगानी गर्न जरुरी छ, त्यसका लागि सहकारीकर्मी उत्पादनशील क्षेत्रमा लगानी गर्न क्रियाशील हुनुहोस्’ उहाँले भन्नुभयो ।
तीन खम्बामध्ये सहकारीलाई सबल खम्बा बनाउनका लागि सहकारीकर्मी जागरुक हुनुपर्नेमा पौडेलले जोड दिनुभयो । सरकारले तीन खम्बामा सहकारी घोषणा गरेपनि सबल खम्बाका रुपमा सहकारीलाई स्थापित गर्न सहकारीका अगुवाहरु क्रियाशील हुन जोड दिनुभयो ।
नेपालमा सहकारीको शुरुवात विपी कोइरालाले गरेको चर्चा गर्दै कांगे्रेसले सहकारीलाई आधार स्तम्भ बनाउन आवश्यक भएको बताउनुभयो । ‘खासमा सहकारी विपी कोइरालाले शुरु गर्नुभएको हो तर अहिले विपीले शुरु गरे जस्ते हुन सकेको छैन्, त्यसका लागि तपाईहरु जाग्नुहोस्’ उहाँले भन्नुभयो ।
कार्यक्रमा बोल्दै ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकालले सहकारी र निजी क्षेत्रले देशको आर्थिक छलाङ मार्न सक्ने बताउनुभयो । सहकारी र निजी क्षेत्रले मात्रै एक्लै केही गर्न नसक्ने भन्दै उहाँले सबैै मिलेर मात्र देशको आर्थिक विकास गर्न सकिने बताउनुभयो ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीमा लागेदेखि महिलाको नेतृत्व क्षमता बढेको बताउनुभयो । ‘सहकारीका कारण महिलाको आर्थिक, सामाजिक सशक्तीकरण बढेको छ, यो हाम्रा लागी गौरवको कुरा होे’ उहाँले भन्नुभयो । सार्थै उहाँले महिलाले चलाएका कुनै पनि सहकारीमा समस्या नआएको उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेल, सहकारी विज्ञ गेहेन्द्रप्रशाद र्पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै संस्थाका अध्यक्ष तिलकबहादुर कुवर र प्रबन्ध सञ्चालक गोविन्द शर्मा पौडेलले प्रतिवेदन प्रंस्तुत गर्नुभएको थियो ।
१५ औं साधारणसभाका अवसरमा संस्थाले कम्प्लेक्सको पनि उद्घाटन गरेको छ । २ करोड ४४ लाखमा माउण्ट धौलागिरी कम्प्लेक्स सञ्चालनमा ल्याएको हो ।
संस्थाका प्रबन्ध निर्देशक गोविन्द शर्माका अनुसार उक्त कम्लेक्सको एक तलाबाट सहकारीको कारोबार गर्ने र अरु सबै तला भाडामा लगाइने छ । संस्थाले भाडावापत २ लाख मासिक आम्दानी गर्ने छ । त्यस्तै ठूला कार्यक्रम गर्नका लागि संस्थाले माउण्टेन हल पनि स्थापना गरेको छ । हल प्रयोग गरेवाफत थप आम्दानी हुने संस्थाले जनाएको छ ।
संस्थाले आउँदो वैसाखदेखि उपभोक्ता भण्डार पनि सञ्चालन गर्ने तयारी गरेको छ । प्रबन्ध निर्देशक शर्माका अनुसार उपभोक्ता भण्डारमा सहकारीले उत्पादन गरेका वस्तु र दैनिक उपभोग्य वस्तुहरु राखिने छ । उपभोक्ता भण्डार संस्था आफैले सञ्चालनमा ल्याउन लागेको हो ।
उक्त कम्प्लेक्समा सहकारीका सदस्यहरुले नै माउण्ट फुडल्याण्ड सञ्चालनमा ल्याएका छन् । फुडल्याण्डमा संस्थाले १० लाख शेयर हालेको छ भने केही सदस्यहरुले फुडल्याण्ड सञ्चालनमा ल्याएका हुन् । कम्लेक्सका अन्य सटरहरु पनि भाडामा गईसकेका छन् ।

सहकारीले वार्षिक २५ करोडको कारोबार गर्दै आएको छ । संस्थाका ६ सय २९ सदस्य रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन