चार सहकारी कारवाहीमा


काठमाडौं, चैत्र १ । चार सहकारी कारवाहीमा परेका छन् । युवा स्वरोजगार कोषले ऋण नतिर्ने चार सहकारीलाई कारवाही गरेको जानकारी दिएको छ ।
कोषका कार्यकारी निर्देशक विनोद गुरागाईँले सहकारीले ऋण नतिरेपछि कारवाही गरी ४४ लाख रुपैयाँ फिर्ता गरेको बताउनुभयो । कोषका अनुसार सोलुखुम्बुको छिमेकी साना किसान कृषि सहकारीबाट ६ लाख १३ हजार, झापाको पञ्चवटी जडिबुटी उत्पादन तथा प्रसोधन सहकारीबाट ९ लाख २८ हजार, पाल्पाको तिनाउँ कृषि बहुउद्देश्यीय सहकारीबाट १० लाख ५० हजार, धनुषाको सुनवषिर् बचत तथा ऋण सहकारी बाट १५ लाख ९२ हजार रुपैयाँ असूल गरिएको छ ।
कोषको ऋण असूलीको अवस्था राम्रो रहेको गुरागाईंले दाबी गर्नुभयो । । बैंक तथा वित्तीय संस्था र केन्द्रिय सहकारीमा प्रभाव गरिएको ८६।८ प्रतिशत र प्रारम्भिक सहकारीहरुमा प्रवाह गरिएको ९३।८० प्रतिशत ऋण असूली भएको उहाँका ेभनाई थियो ।
कोषबाट लिएको रकम लक्षित युवालाई २ लाख रुपैयाँसम्म ऋण दिँदा बैंकरवित्तीय संस्था तथा सहकारी संस्थाहरुले १२ प्रतिशतमा लगानी गर्नुपर्ने व्यवस्था छ । जसमा तोकिएको समयमा साँवा, व्याज र किस्ता बुझाउनेलाई व्याजमा ६० प्रतिशतसम्म अनुदान गुरागाईंले जानकारी दिनुभयो । जसअनुसार युवा व्यवसायाीहरुले वास्तविकरुपमा ४।८० प्रतिशत मात्रै व्याजको भार व्यहोर्नुपर्ने उहाँको भनाई थियो । कोषले बैंक तथा केन्द्रिय सहकारी संस्थाहरुलाई पाँच प्रतिशत व्याजदरमा पुनकर्जा सुविधा पनि प्रदान गर्दै आएको छ ।
कर्जाको परियोजनाको बीमा हुने भएकाले ऋणको जोखिम न्यून भएको उनले जानकारी दिए ।
कोषले चालू आर्थिक वर्षमा २६ जिल्लाका ८४ वटा सहकारी संस्थाहरुलाई ११ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको छ । देशभरका ७३ जिल्लामा ६ सय सहकारी संस्थाहरुमार्फत युवालाई स्वरोजगार बनाउन लगानी गरेको गुरागाईले बताउनुभयो ।
कोषले लगानी गरी हालसम्म १८ हजार २९ सय ४२ जना युवालाई स्वरोजगार बनाएको उहाँको दाबी छ । त्यसका लागि कोषले १ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ लगानी गरेको गुरागाईले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक