स्थापना दिवसको अवसरमा सम्मान


mahila abhiyan

भक्तपुर, चैत्र १ । महिलाअभियान बचत तथा ऋण सहकारी संस्था लि. २०७१ फागुन २३ गते नवौ वर्ष पुरा गरी दशौ वर्षमाप्रवेश गरेको अवसरमा संस्थाद्धारा पुर्व संचालक तथापुर्व लेखा समिति सदस्यहरुलाई सम्मानको कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा संस्थाको दर्ता भए देखि आठौं वार्षिक साधारण सभासम्म निरन्तर अध्यक्ष पदमा रहनु भएका पुर्व अध्यक्ष सरिता भट्टराई, पुर्व उपाध्यक्षहरु आशा भट्टराई र पार्वता वेलवासे, पुर्व लेखा समिति संयोजकमन्जु काप्री, पुर्व लेखा समिति सदस्यहरु सीता भट्टराई र इन्दु भण्डारी लगायतलाई वहाँहरुले संस्था स्थापना देखि हाल सम्म मिहिनेत गरि संस्थालाई अगाडि बढाउन आफ्नो योगदान दिई सहयोग गर्नुभएकोमा  उँहाहरुको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष सृजना शर्मा चुडालले मायाको चिनो सहित सम्मान गर्नु भयो ।  संस्थामा निरन्तर भएपनि केही समयका लागि विदेश जानुभएका पुर्व उपाध्यक्ष संगीता न्यौपाने, पुर्व कोषाध्यक्ष सुषमा दाहाल,अमु संजेल र पुर्व लेखा समिति सदस्यभुमा वेलवासेज्युहरुलाई समेत अध्यक्षशर्माले स्मरण गर्दै महिलाअभियानको इतिहासमावहाँहरुको नाम सधैभरि स्मरणीय रहने बताउनुभयो ।

उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सरिता भट्टराईद्धारा संस्थालाई आवश्यक परेको समयमा हरक्षण आफु सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।  साथै सहकारीमा तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाका पूर्व उपाध्यक्ष आशा भट्टराईले स्वास्थ्य र सहकारी क्षेत्र मिलेर कामगर्ने हो भने स्थानीयस्तरमा राम्रो उपलव्धि हुने धारणा व्यक्त गर्नुभयो ।  त्यसैगरी संस्थाबाट प्राप्त भएको सम्मानसंगै थप जिम्मेवारीको महशुस भएको धारणा पुर्व उपाध्यक्ष पार्वता वेलवासेले व्यक्त गर्नुभयो । त्यसैगरी संस्थाका पूर्व संचालक अन्जु थापा तथा लेखा समिति सदस्य सीता भट्टराईद्धारा आफुले संस्थालाई दिएको योगदानको उच्च सम्मान गरेकोमा संस्थाप्रतिआभार प्रकट गर्नुभएको थियो।

संस्थाका सचिव दुर्गा संजेलद्धारा संचालन गरिएको सम्मान कार्यक्रममा संचालक सदस्यगीता लामिछानेले स्वागत मनतव्य राख्नुभएको थियो भने संस्थाका उपाध्यक्ष मन्जु थापाले धन्यवाद दिनुभएको थिया े। सम्मानित सबैलाई धन्यवाद दिदै उँहाहरुको साथ र सहयोगको सधै अपेक्षा राख्दै संस्थाका अध्यक्ष सृजना शर्मा चुडालले कार्यक्रममको समापन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन