सहकारी प्रतिवेदन तालिम सम्पन्न


काठमाडौं, चैत्र १ । जिल्ला सहकारी संघ लि दोलखाको आयोजनामा एक दिने मासिक प्रतिवेदन लेखन तालिम सम्मपन्न भएको छ ।
दोलखा जिल्लामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको थियो । तालिममा दोलखाको भिमेश्वर नगरपालिक बाहेक सहकारी संस्थाका व्यवस्थापक एंव संञ्चालक गरी ३० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण डिभिन सहकारी कार्यालय दोलखाका सहायक सहकारी निरिक्षकहरु नारायण सुवेदी र प्रेम प्रकाश खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिम उद्घाटन सत्र संघका अध्यक्ष शिवजी राउतको अध्यक्षतामा भएको कार्यक्रममा दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जिवशराज खड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष हेमन्त चौंलागाई, महासचिव देवी प्रसाद शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जिल्ला सहकारी संघ दोलखाले सहकारी संघ÷संस्थाको वृद्धी विकास र प्रबद्धनको लागी सहकारी शिक्षा, तालिम सम्पन्न गरिसकेको छ ।
दोलखामा विभिन्न प्रकृतिका ५२० वटा सहकारी संघ÷संस्था रहेका छन । भने जिल्ला सहकारी संघ दोलखामा चार सय भन्दा बढी सहकारी संघ/संस्था आबद्ध भईसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न