दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण अघि बढाउन बाराका सहकारीहरुको मांग


बारा, चैत्र २ ।

बाराका सहकारीकर्मीहरुले जिल्लामा प्रस्तावित दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माण कार्य अघि बढाउन नेपाल सरकारसंग मांग गरेका छन । आज जिल्ला बारा सहकारी समन्वय सञ्जालको वैठकले उक्त मांग गरेको हो । बारा जिल्लामा प्रस्तावित अन्तरराष्ट्रिय बिमानस्थल समथर भूभाग, पूर्व पश्चिम विस्तारित र ठुलो रनवेका कारण यसलाई नेपालको हवाई आवागमनको गन्तव्यको रुपमा मात्रै नभएर क्षेत्रीयस्तरको अन्तरराष्ट्रिय ट्रान्जिट प्वाइन्ट बनाउन सकिने प्रशस्त सम्भावनाहरु रहेकोले यसलाई पुरा गर्दा यस भेगका वासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउने र विकासको प्रक्रिया तीव्र हुने वैठकले निष्कर्ष निकालेको छ ।

जिल्ला समन्वय सञ्जालका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको वैठकले ५८ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते भव्य रुपमा मनाउने निर्णय गरेको छ । यस वर्षको मुलनारा “आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी” रहेको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा डिभिजन सहकारी र जिल्ला विषयगत सहकारी संघको संयोजनमा चैत्र २० गते कलैयामा वृहत सहकारी ¥याली र सभा, राष्ट्रिय सहकारी बैंक सिमरा शाखाको संयोजनमा चैत्र १८ गते खुला रक्तदान, चैत्र १९ गते बारा जिल्ला बचत तथा ऋण सहकारी संघको संयोजनमा कलैया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गर्ने, साना किसान कृषि सहकारी संघको संयोजनमा चैत्र १७ गते कलैयामा सहकारी अन्तरक्रियालगायत कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ । सञ्जालले जिल्लाका विषयगत संघसंस्थाहरुलाई विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्न आह्वान गरेको छ ।

सहकारी सुशासन र आर्थिक अनुशासनका आधारमा काम गर्न, विकृति तथा जोखिमहरुलाई न्युनीकरण गर्न जिल्लाका सहकारी संघसंस्थाहरुलाई आग्रहसमेत गरेको छ ।

वैठकमा डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, जिल्ला मत्स्य उत्पादक सहकारी संघका अध्यक्ष ओमप्रकाश ठाकुर, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख निरज अर्याल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शम्भु राम र सचिव सत्तेन्द्र ठाकुरलगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागका रजिष्ट्रार अधिकारीद्वारा पदबहाली
नेफ्स्कूनको ५औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला
मिलिजुली साकोस प्रोवेसनमा आवद्ध
कैलालीमा उच्चस्तरीय लेखा व्यवस्थापन तालिम शुरु