महिला अभियानले मनायो स्थापना दिवस


भक्तपुर, चैत्र २ । वालकोट स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो नवौं स्थापना दिवस मनाएको छ । ३७ जना सदस्यको ७४ हजार शेयर पुंजीवाट शुरु भएको यो संस्था दशौं वर्षमा प्रवेश गर्दा ७३८ जना शेयर सदस्य र ३३५ जना वाल वचत रहेको छ । हाल संस्थामा ६० लाख २५ हजार शेयर पुंजी , ३करोड ६६लाख बचत , ३ करोड ३०लाख कर्जा लगानी गरि ४ करोड ६० लाखको वासलात रहेको छ । कारोवारका हिसावले भक्तपुर जिल्लामा महिला दारा संचालित सहकारी संस्था मध्ये अग्र स्थानमा रहेको यस संस्थाको स्थापना दिवसको सुखद अवसरमा संस्थाद्धारा पुर्व संचालक तथा पुर्व लेखा समिति सदस्यहरुलाई सम्मानको कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाको दर्ता भए देखि आठौ वार्षिक साधारण सभा सम्म निरन्तर अध्यक्ष पदमा रहनु भएका पुर्व अध्यक्ष तथा राष्टिय सहकारी बैंकका संचालक सरिता भट्टराई, पुर्व उपाध्यक्षहरु आशा भट्टराई र पार्वता वेलवासे, पुर्व लेखा समिति संयोजकमन्जु काप्री, पुर्व लेखा समिति सदस्यहरु सीता भट्टराई र इन्दु भण्डारी लगायतलाई वहाँहरुले संस्था स्थापना देखि हालसम्ममिहिनेत गरि संस्थालाई अगाडि बढाउन आफ्नो योगदान दिई सहयोग गर्नु भएकोमा वहाहरुको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष सृजनाशर्मा चुडालले फुल माला र मायाको चिनो सहित सम्मान गर्नुभयो। संस्थामा निरन्तर भएपनि केही समयकालागिविदेश जानुभएकापुर्व उपाध्यक्ष संगीतान्यौपाने, पुर्व कोषाध्यक्ष सुषमादाहाल,अमु संजेल र पुर्व लेखा समिति सदस्यभुमा वेलवासेज्युहरुलाई समेत अध्यक्षशर्माले स्मरण गर्दै महिलाअभियानको इतिहासमावहाँहरुको नाम सधैभरि स्मरणीय रहने बताउनुभयो ।
शुभकामना मन्तव्यको क्रममा संस्थाकापुर्व अध्यक्ष तथा राष्टिय सहकारी बैकका संचालक सरिता भट्टराईले यो क्षेत्रमा महिला सहकारी संस्था स्थापना गर्नुको उद्येश्य उनिहरुको नेतृत्व विकास गर्नुका साथै आर्थिक रुपले समृद्ध वनाउनु भएकोले सवै सदस्यहरुमा उद्यमशिलताको विकास हुन जरुरी छ भन्दै त्यसका लागि अहिलेको नेतृत्वले विभिन्न शिपमुलक व्यवहारिक तथा व्यवसायिक तालिम दिइ सक्षम वनाउनु पर्नेमा जोड दिनु भयो । उहांले आफु यसै क्षेत्रमा निरन्तर भइरहेकोले संस्थाको उन्नती र प्रगतिका लागि हर तरह वाट सहयोग गर्न तत्पर रहेको वताउनु भयो । । सो अवसरमा स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाका पुर्व उपाध्यक्ष आशा भट्टराईले स्वास्थ्य र सहकारी क्षेत्र मिलेर कामगर्ने हो भने स्थानीयस्तरमा राम्रो उपलव्धिहुने धारणा व्यक्त गर्दै त्यसका लागि सहयोग गर्न प्रतिबद्ध रहेको वताउनु भयो । संस्थाबाट प्राप्तभएको सम्मान ले आफुलाई थप जिम्मेवारीको महशुस भएको धारणा पुर्व उपाध्यक्ष पार्वता वेलवासेले व्यत्तगर्नुभयो भने संस्थाकापुर्व संचालक अन्जु दाहाल तथा लेखा समिति सदस्य सीता भट्टराईद्धारा आफुले संस्थालाई दिएको योगदानको उच्च सम्मान गरेकोमा संस्थाप्रतिआभार प्रकट गर्दै संस्था र सदस्यहरुको उत्तरोरत्तर प्रगतिको कामना गर्नुभएको थियो ।
संस्थाका विभिन्न उपसमिती सदस्य तथा कर्मचारीहरु सहित ५० जना भन्दा वढिको उपस्थितीमा भएको उक्त कार्यक्रम संस्थाका सचिवदुर्गा संजेलद्धारा संचालन गरिएको थियो , संचालक सदस्यगीता लामिछानेले स्वागतमनतव्य राख्नुभएको थियो भने संस्थाकाउपाध्यक्षमन्जु थापाले धन्यवाददिनुभएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष शर्माले संस्था स्थापना गर्न दुख गर्नु भएका अग्रजहरुलाई हामीले सम्मान गर्न पाउनु हाम्रो गौरव हो भन्दै संस्थापकहरुले संस्थामा राखेका उद्येश्य लक्ष पुरा गर्न आफ्नो नेतृत्वमा भएका सम्पुर्ण साथीहरु एक जुट भइ सवैको सर सल्लाह र सुझाव वाट संस्थालाई नमुना सहकारी वनाउने प्रयत्न गर्र्ने प्रतिबद्धता जनाउंदै सम्मानित सवैलाई वधाइ तथा धन्यवाद व्यक्त गर्नु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने