राष्ट्रसेवकको मध्यपश्चिम भेला १३ बुँदे घोषणापत्र जारी गर्दै सकियो


-उदय बोहरा-

दाङ, २ चैत । राष्ट्रसेवक सहकारी संस्थाहरुको मध्येपश्चिमाञ्चल स्तरीय दोस्रो क्षेत्रीय भेलाले दाङ सहमति पत्र २०७१ जारी गर्दै मंगलबार घोराहीमा सम्पन्न भएको छ । राष्ट्रसेवक सहकारी संस्थाहरुको मध्येपश्चिमाञ्चल क्षेत्रीय समन्वय समितीको आयोजनामा संचालीत कार्यक्रमबाट १३ बुँदे घोषणा पत्र जारी भएको हो ।
घोषणपत्रमा २०६९ मंसीर ८ र ९ गते झापाको बलवलगुडीमा सम्पन्न राष्ट्रसेवक सहकारी संस्था तथा बचत कोषहरुको तेस्रो राष्ट्रिय भेलाबाट परित निर्णयहरुलाई आ–आफ्नो सहकारी संस्थाहरुको साधारणसभाबाट अनुमोदन गराई कार्यान्वयनमा ल्याउने बुँदा १, संस्था संचालनमा बाधा अड्चन देखिएका सहकारी ऐन २०४८ र नियमावलीमा सुधार, संशोधन गर्नुपर्ने दफा, उपदफा र नियम, उपनियम सशोधनमा प्रभावकारी भूमीका खेलिदिन राष्ट्रसेवक सहकारी संस्थाहरुको केन्द्रिय समन्वय समितीले पहल गर्ने बुँदा २, एकअर्को संस्थासँग ऋण सहयोग, वार्षिक प्रतिवेदन, जानकारीहरु आदाप्रदान गर्ने बुँदा ३, एकअर्को संस्थाबाट अनुरोध भइ आएमा सदस्यहरुको ऋण असुलीमा सहयोग पु¥याउने बुँदा ४, सन्तोषजनक कारोवार नगर्ने सदस्यहरुको सुची आदान प्रदान गर्ने बुँदा ५ रहेका छन् ।
यस्तै बुँदा ६ मा समन्वय समितीबाट उपयुक्त देखिएका प्रस्तावित संयुक्त लगानीका आयोजना संचालन गर्न रकम लगानी गर्ने, बुँदा ७ मा समन्वय समितीले निर्धारण गरेको कार्यविधि अनुरुप एक अर्को संस्थाको सदस्यले संस्था मार्फत रकम पठाउने र पाउने ब्यवस्थालाई कार्यान्वयन गर्ने, बुँदा ८ मा समन्वय समितीको लागि तोकिएको आर्थिक दायित्व बहन गर्ने, बुँदा ९ मा संस्थाको बित्तिय विवरण त्रैमासिक रुपमा क्षेत्रिय समन्वय समितीमा र मासिक रुपमा केन्द्रिय सहकारी बिभागमा पठाउने उल्लेख छ ।
घोषणापत्रको बुँदा १० मा मध्यपश्चिमाञ्चल क्षेत्रिय समन्वय समितीको अध्यन प्रतिवेदन तथा निर्णयका आधारमा संयुक्त लगानीको कार्यक्रम सुरुवात गर्न यस क्षेत्रमा संचालित सहकारी संस्था सम्मिलीत छुट्टै नयाँ सहकारी संस्थाको स्थापना गरी अगाडी बढ्नेतर्फ जाने, बुँदा ११ मा राष्ट्रसेवक सहकारीहरुको क्षेत्रिय भेला ३÷३ वर्षमा एक पटक राष्ट्रिय भेला हुनुभन्दा अगावै गर्ने प्रस्ताव केन्द्रिय समन्वय समितीमा पठाउने, बुँदा १२ मा क्षेत्रिय समन्वय समितीको आर्थिक स्रोतलाई स्थायी रुपमा ब्यवस्थित गर्न आ–आफ्नो संस्थाको बिनियममा नै नाफा बाँडफाड कोषमा संस्था प्रबद्र्धन कोषको ब्यवस्था गरी सो कोषबाट प्रत्यक वर्ष उपलब्ध गराउने । तर चालु आवमा संस्थाको गत आवको जम्मा सम्पत्तिको ०.०२ प्रतिशत रकम आबद्धता शुल्क र प्रति सदस्य रु. १ का दरले सहकारी प्रबद्र्धन कोष बापत क्षेत्रिय समन्वय समितीलाई नियमित रुपमा उलब्ध गराउने र बुँदा १३ मा प्रत्यक आवको पहिलो ३ महिना भित्र गत आवको समिक्षा गोष्ठिको आयोजना गर्ने छन् । भेला गत शुुक्रवारदेखि शुुरु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान