सहकारीलाई कृषि उपकरण वितरण


इलाम, चैत्र ३ । सहकारीलाई कृषि यन्त्र, उपकरण वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले सहकारी खेतीअन्तर्गत ३४ सहकारी संस्थालाई अनुदान तथा कृषि उपकरण उपलब्ध गराएको हो ।
साना सिँचाइ विशेष कार्यक्रमअन्तर्गत ३४ वटा सहकारी संस्थालाई रु ७० हजारदेखि डेढ लाखसम्म अनुदान उपलब्ध गराएको बताइएको छ। सहकारी खेतीमा आधारित साना सिँचाइअन्तर्गत इरौँटार बहुद्देश्यीय सहकारी संस्थालाई रु तीन लाख प्रदान गरेको छ ।
सहकारी खेती स्किमअन्तर्गत महमाई–३ को जुनतारा कृषि सहकारी संस्थालाई ७० हर्स पावरको हाते ट्र्याक्टर र इलाम नगरपालिका–४ स्थित नेपाल वन बीउ तथा कृषि सहकारी संस्थालाई मिनिट्रिलर र तरकारी खेतीका लागि बीउ प्रदान गरेको कार्यालयका नायब सुब्बा नरनाथ रेग्मीले बताउनुभयो।
कार्यालयले किसानलाई हिउँदयाममा सिँचाइका लागि आवश्यक पर्ने पोखरी निर्माणका लागि १५ वटा पोखरीका लागि प्लास्टिक वितरण गरेको छ । साना सिँचाइ कार्यक्रममा किसानले कम्तीमा १९ देखि ३५ प्रतिशतसम्म लगानी गर्नुपर्ने कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?