हातेमालो बचत तथा ऋण सहकारीमा नवलपरासीको पौरखी संस्था


सिमरा,चैत्र ३ ।सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थामा नवलपरासीको कावासोतीस्थित पौरखी बचत तथा ऋण सहकारी संस्थाले स्थलगत अवलोकन गरेको छ । संस्थाका अध्यक्ष धनञ्जय तिमल्सिनाको टोलीले ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले स्थलगत अवलोकन गरेको हो ।

अवलोकनपछि आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण पौडेलले संस्थाको समग्र अवस्था र प्रगतिवारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले संस्थाले हाल एक हजार पांच सय सदस्यहरुवीच साढे पन्ध्र करोडको कारोवार गरिरहेको र मध्यतराईको एक उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा अघि बढिरहेको बताउनुभयो । संस्थाले सरल वित्तिय सुविधा उपलव्ध गराई समुदायको जीवनस्तरमा परिवर्तन ल्याउन र गरीवी न्युनीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

पौरखी संस्थाका अध्यक्ष तिमिल्सिनाले हातेमालोले छोटो अवधिमा हासिल गरेको उपलव्धिबाट आफुहरु प्रभावित भएको बताउदै यसलाई आफुहरुले अनुशरण गर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता, व्यवस्थापक महेश ढुंगेलको सहजीकरण र उपाध्यक्ष सीता गुरुङले स्वागत गर्नुभएको कार्यक्रममा पौरखी संस्थाका सचिव यामबहादुर थापा, व्यवस्थापक निलकण्ठ पराजुली, हातेमालोका सचिव यज्ञबहादुर आले, कोषाध्यक्ष शिव वाग्लेलगायतको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न