साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलन शर्मा हातेमालो सहकारीमा


बारा, चैत्र ४ । साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले आज सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन गर्नुभएको छ ।

स्थलगत अवलोकनको क्रममा आयोजित स्वागत कार्यक्रममा बोल्दै शर्माले राज्यले नीति र कानून मात्रै बनाउने र यसको व्यवहारिक कार्यान्वयनमा नागरिक जिम्मेवार हुनुपर्ने बताउनुभयो । समुदायको दिगो आर्थिक विकास र गरीवी न्यूनीकरणमा बैंक प्रतिवद्ध रहेको बताउदै साना किसान उद्यमीहरुवीच वित्तिय सहजकर्ताको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । हातेमालोले समुदायको वित्तिय पहुंच र जीवनस्तरमा परिवर्तन ल्याउनका लागि गरिरहेको प्र्रयासको शर्माले प्रशंशा गर्नुभयो । स्थलगत अवलोकनको क्रममा अध्यक्ष कृष्ण पौडेलले संस्थाको समग्र गतिविधिवारे जानकारी गराउनुभएको थियो ।

नेपाल कृषि केन्द्रीय सहकारी संघका उपाध्यक्ष एकराज उप्रेतीले हातेमालोले छोटो समयमा हासिल गरेको प्रगतिको स¥हाहना गर्दै संस्थाको अभियानमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ््स्कून) का सञ्चालक कृष्ण पौडेलले कृषिको व्यवसायिकरण र किसानहरुको कार्यशैली र जीवनपद्धतिमा रुपान्तरणका लागि बैंकको भूमिकाको प्रशंशा गर्नुभयो । संस्थाको अभियानमा बैंकको तर्फबाट पर्याप्त सहयोगका लागि पौडेलले आग्रहसमेत गर्नु भयो ।

कार्यक्रममा साना किसान विकास बैंकका ईलाका प्रमुख कृष्णाकुमारी शर्मा, शाखा अधिकृत ऋषिराज कोइराला, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष शिव वाग्ले, सञ्चालकहरु दीपक भट्ट र क्षमादेवी अधिकारी, व्यवस्थापक महेश ढुंगेल, साना किसान कृषि सहकारी संस्था डुमरवानाका प्रवन्धक गोकर्ण बर्तौलालगायतको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न