राष्ट्र बैंकको गभर्नरमा डा नेपाल


काठमाडौं, चैत्र ५ नेपाल राष्ट्र बैंकको १६ औंब गर्भनरमा डा. चिरञ्जीवी नेपाल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले डा. नेपाललाई गर्भनर बनाउने निर्णय गरेको हो ।

गभर्नर छान्नका लागि मन्त्रिपरिषद्ले गत फागुन १२ गते अर्थमन्त्री डा. रामहरण महतको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले डा. चिरञ्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । सरकारले सिफारिस समितिले सिफारिस गरेमध्येबाटै नेपाललाई गभर्नरमा नियुक्ति गरेको हो ।

गभर्नरका रुपमा डा. नेपालको कार्यकाल पाँच वर्ष रहने छ । दर्जनौं आकांक्षीहरु र दुईजना प्रतिस्पर्धीलाई उछिन्दै डा. नेपालले मुलुकको केन्द्रीय बैंकको गभर्नर बन्ने अवसर पाउनुभएको हो ।
डा नेपाल यसअघि प्रधानमन्त्रीकाब आर्थिक सल्लाहकार हुनुहुन्थ्यो ।त्यसअघि अर्थमन्त्री शंकर कोइरालाको आर्थिक सल्लाहकार भइ काम गरी सक्नुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक