प्रशिक्षण कार्यक्रम सम्पन्न


बुटवल, चैत्र ५ । बुटवल–९ स्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सोमबार कर सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यमा करसम्बन्धी ज्ञान अभिवृद्धिका लागि कर, संस्था दर्ता एवं नविकरण, एलसी तथा भन्सारसम्बन्धी प्रशिक्षण दिएको हो ।
अध्यक्ष चरण तिमल्सेनाका अनुसार प्रशिक्षणमा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत जीवराज निरौला, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रशिक्षण अधिकृत शिवपुजन चौधरी र चार्टड एकाउन्टेन हरि लम्सालले सहजीकरण गर्नुभएको थियो ।
सो अवसरमा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत निरौलाले सरकारले गर्नुपर्ने कर शिक्षाको कार्यक्रम सहकारीले सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले करसम्बन्धी विद्यमान ऐन, कानुनमा उल्लेख गरिएका कुरा आमव्यवसायी समक्ष पुर्याउन यस्ता प्रशिक्षण उपयोगी हुने बताउनुभयो ।
प्रशिक्षणको उद्घाटन गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले सामाजिक सुरक्षाको ग्यारेन्टी नहुदाँसम्म व्यक्तिले कर तिर्न आनाकानी गरिरहने बताउनुभयो । उहाँले सहकारी क्षेत्रलाई कर मुक्त गराउन सरकारसँग माग पनि गर्नुभयो ।
यस्तै सहकारीका सल्लाहकार शिव सुवेदीले सरकारीमार्फत् उत्पादनका काम गर्न शेयर सदस्यहरु विद्यमान ऐन–कानुनसँग परिचित हुनुपर्ने बताउँदै यसका लागि यस्ता प्रशिक्षण निकै उपयोगी हुने धारणा राख्नुभयो ।
सहकारीमा हाल ५ सय ९० जना शेयर सदस्यहरु छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन