प्रभावकारी बन्दै बित्तीय साक्षरता तालिम


संखुवासभा,चैत ५। संखुवासभा सञ्चालित सहकारीसदस्यलाई वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ।
मर्सिकोर नेपालको आयोजनामा सहकारी संस्थाहरुमा आवद्ध रहेका चार हजार एक सय ९० जनालाई वित्तीय तालिम प्रदान गरिएको थियो । जसका लागि एक सय ६९ वटा वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको मर्सिकोर नेपालका परियोजना अधिकृत थरेन्द्र नेपालले जानकारी दिनुभयो ।
मर्सिकोरले संखुवासभामा सञ्चालन गरेको सफल परियोजनाले स्थानीय संस्थाहरुको सुदृढिकरणको माध्यमबाट गरिबी न्यूनिकरणको लक्ष्य राखेको छ ।
सोही कार्यक्रम अन्तर्गत १९ सहकारी संस्थाको संस्थागत क्षमता अभिबृद्धि गर्दै जिल्लाका दुर्गम गाविसहरुमा वित्तीय सेवामा पहुँच अभिवृद्धि गरेको छ ।
सहकारी संस्थाहरुमा आठ हजार नौ सय ९९ जना सदस्य आबद्ध छन् । जसमध्ये छ हजार ११ जना महिला र दुई हजार नौ सय ८८ जना पुरुष रहेका छन् ।
सहकारी संस्थाहरुमा ४ बर्षको अवधिमा तीन करोड ८६ लाख ३९ हजार बचत संकलन भएको छ । त्यस्तै ३७ लाख ६६ हजार शेयर पूँजि उठेको छ । उक्त रकममध्ये चार करोड ३७ लाख २७ हजार रुपैयाँ विभिन्न आयमूलक क्षेत्रमा लगानी भएको र ग्रामीण स्तरको जिविकोपार्जनमा सहयोग पुगिरहेको नेपालले बताउनुभयो ।
वित्तीय साक्षरता तालिमले बचत योजना, जोखिम न्यूनीकरण, सुरक्षित बैदेशिक रोजगार , व्यवसायिक योजना र पारिवारिक बजेट लगायतका बिषय जानकारी प्रदान गर्नेछ । यसबाट ग्रामिण भेगका महिला तथा पुरुषहरु सहकारी संस्थामा आकषिर्त हुन थालेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने