‘बजेट विनियोजन गर्न नसकेकाले सबल खम्बा हुन सकेन’(भिडियो सहित)


IMG_3625 काठमाडौं, चैत्र ६ । सभासद् ओमदेवी मल्लले सहकारीको विकासका लागि राज्यले बजेट विनियोजनमा कन्जुस्याई गरेको बताउनुभएको छ ।
सूचना चौतारी सञ्चार सहकारीको आयोजनामा सहकारी डबलीको १२ औं श्रंखलामा भएको ‘संघको नेतृत्वमा महिलाहरुको चुनौती र अवसर’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीमा ० दशमल २३ प्रतिशत पनि बजेट विनियोजन गर्न नसकेकाले सहकारी सक्षम खम्बाको रुपमा स्थापित हुन नसकेको बताउनुभयो ।IMG_3618
सहकारी क्षेत्रमा महिला नेतृत्वमा आउनका लागि महिला जागरुक र सक्षम हुन आवश्यक भएको चर्चा गर्दै राष्ट्रिय सहकारी संघका उपाध्यक्षसमेत रहनुभएका मल्लले भन्नुभयो–‘महिला नेतृत्वमा आउन शिक्षा र तालिम आवश्यक छ ।’
सहकारीका संघहरुमा महिला ४० प्रतिशत नेतृत्वतहमा लैजाने प्रावधान भएपनि कार्यान्वयन हुन नसकेको दुःख व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी नीति महिलामैत्री भएपनि कार्यान्वयनमा चुनौती भएकाले महिला नेतृत्वमा आउन अझै केही समय लाग्ने बताउनुभयो । महिला नेतृत्व गर्न सक्षम भएपनि सेल्फ कन्डिडेन्ट विकास हुन नसकेकाले सहकारीका संघमा महिला थोरै मात्र नेतृत्वतहमा पुगेको बताउनुभयो ।IMG_3614
राष्ट्रिय सहकारी बैंककी सञ्चालक सरिता भट्टराई तिमिल्सिनाले महिला आर्थिक क्षेत्रमा संवेदनशील हुने भएकाले नेतृत्वतहमा पनि महिला आउन जरुरी रहेको बताउनुभयो । उहाँले बैंकमा महिला कोटा स्थापना गर्नका लागि पहल गर्ने समेत बनाउनुभयो । ‘जेन्डर ब्यालेन्स गरेर अघि जान आवश्यक छ, छुट्टै महिला संघ खोल्नु उचित होइन’ उहाँले भन्नुभयो । उहाँले संघको नेतृत्वमा २७ प्रतिशत पुगेको बताउनुभयो ।IMG_3609
काठमाडौं जिल्ला सहकारी संघका सञ्चालक अमरावती महर्जनले महिलाको नेतृत्व विकासका लागि संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । पुरुषले महिलालाई अवसर दिन नचाहने गरेको बताउनुभयो । ‘हामी सक्षम छौं भन्ने देखाउनुपर्छ, त्यसका लागि महिला क्रियाशील हुन जरुरी छ’ यउहाँले भन्नुभयो ।IMG_3607
ललितपुर जिल्ला बचत संघका लेखा समिति सदस्य ससी खड्काले महिलालाई घरपरिवारबाटै चुनौति बढ्दै जाने गरेको बताउनुभयो । उहाँले आफ्नो प्रारम्भीक सहकारीमा पुरुष सदस्य रहेपनि नेतृत्वतहमा महिला मात्र रहेको बताउनुभयो ।

IMG_3624

भिडियो हेर्नुहोस् (भाग–१) 

भिडियो हेर्नुहोस्  (भाग–२)

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न