सहकारी शिक्षा कार्यक्रम सम्पन्न


घोराही, ७ चैत । राप्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा शनिवार नारायणपुुरमा एकदिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सहकारी संस्थाका अध्यक्ष भरतबहादुुर बुुढाथोकीको अध्यक्षता तथा नारायणपुुर उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद लम्सालको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद लम्साल, कोषाध्यक्ष श्रीधरकुुमार अधिकारीले सहकारी शिक्षाबारे जानकारी दिनुुभएको थियो ।
सो अवसरमा सर्वेस्वरी महिला सहकारी संस्था नारायणपुुरका निवर्तमान अध्यक्ष लक्ष्मी लम्साल, नारायणपुुर उवासंघका संस्थापक अध्यक्ष वलदेव शर्मालगायतले बोल्नुुभएको थियो । राप्ती वचत तथा ऋण सहकारी संस्थाका सचिव नित्यानत्द शर्माको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण गुुरुप्रसाद कँडेलले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन दानबहादुुर बुुढाथोकीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन
बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेफ्स्कून-बचत संघ सुनसरीबीच अन्तरक्रिया