अनलाईनबाट बस टिकट


अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले नयाँ वर्षको उपलक्ष्यमा उपहार योजना सार्वजनिक गरेको छ ।

बससेवाका अनुसार यो योजना यहि चैत्र १० गते मंगलबार देखि २०७२ बैशाख १० गते बिहिबारसम्म लागु हुनेछ । यो अवधिमा अनलाइनबाट टिकट काट्ने व्यक्तिमध्येबाट २ जोडिलाई पोखराको तीनदिने टुर प्याकेजमा सहभागि गराइने बससेवाले जनाएको छ । साथै ५ जनालाई शत प्रतिशत क्यासब्याक र अन्य १० जनालाई टिकट मूल्यको ५० प्रतिशत क्यासब्याक हुने बससेवाले जनाएको छ । विजेताहरूको चयन यस योजना अवधिपछि गोलाप्रथाद्धारा गरिने बतायएको छ । अनलाइन टिकटिङ सेवा सुरू गरेको छोटो अवधिमै सफल हुँदै गएको र घरबाटै टिकट काटि गन्तब्यमा पुग्ने सकिने सेवालाई अझ विस्तार गर्न तथा यात्रुहरुमा नयाँ वर्षको खुसी साट्नको लागि यो योजना सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पर्शुराम खनालले बताउनुभयो । बससेवाले विगत ८ महिनादेखि नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने प्रविधिको सुरूवात् गरेको छ । जसको माध्यमबाट आफु जाने बसको टिकट घरमै बसेर वा नजिकैको साइबर, कम्युनिकेशन सेन्टर तथा ट्राभल एजेन्सीबाट टिकट खरिद गर्न सकिन्छ । हाल दैनिक ३०० सयको हाराहारिमा बससेवामार्फत् अनलाइनबाट टिकट काटि यात्रुहरुले यात्रा गर्दै आइरहेको बससेवाले जनाएको छ । बससेवाले हाल देशभरका १५० भन्दा बढि यातायात व्यवसायीहरूसँगको सहकार्यमा मुलुकका मुख्य रूटहरूमा बसको टिकट सरकारले तोकेको अर्थात् काउन्टरको दरमा नै अनलाइनमार्फत् उपलब्ध गराउदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले